Like us!
Follow us!
Connect us!
Watch us!

विश्व घुम्ने पुस्कर शाहसँगको साइकल यात्रामा सहभागी हुँदा (फोटो फिचर/भिडियोसहित)

शुक्रबार, ०३ मंसिर २०७३, ११ : ३७ मा प्रकाशित

लीलानाथ घिमिरे

काठमाडौं–पुस्कर शाहले ११ बर्ष लगाएर साइकलमा घुमे । उनले विक्रम संवत २०५५ देखि २०६६ सम्म साइकल चढेर विश्वका १ सय ५० मुलुक घुमे । आमासँग १ सय रुपैयाँ बाटो खर्च लिएर यात्रामा निस्केका शाहको हिम्मत सबैका लागि प्रेरणादायी छ । नामै नसुनिएका देशमा उनले देखेका, भोगेका संस्मरणहरु उनले आफ्नो पुस्तक ‘संसारलाई साँढे पाँच फन्को’ मा समेटेका छन् । 

यति खेर उनी मुलुकमै बसेर विभिन्न संघसंस्थाले गर्ने साइकल यात्रामा सहभागी हुन्छन् । साइकल चढेरै सेलिबे्रेटी बनेका उनलाई जहाँ पुगे पनि फ्यानहरुले घेर्छन् । सेल्फी लिन्छन् । सँगै फोटो चिखाउँछन् । उनी आफ्ना शुभचिन्तकका आग्रहलाई नाईं नास्ती गर्दैनन् ।

पुस्कर शाह रहुसे छन् । उनी साइकल यात्रमा हिँड्दा समेत मादल, गितारलगायतका बाद्य बादनका सामग्री बोकेर हिँड्छन् । जहाँ फुसर्द हुन्छ, उनी गाउन थाल्छन् । गाएर सबैलाई नचाउँछन् । उनी आफैं नाच्छन् ।

समृद्ध सिन्धुली नागरिक अभियानले अघिल्लो साता काठमाडौंदेखि अंग्रेजी सेनालाई गोर्खालीले हराएको ऐतिहासिंक स्थल सिन्धुलीगढीसम्म साइकल यात्रा ग¥यो । त्यस यात्राको नेतृत्व गरेर सिन्धुलीगढीसम्म पुगे साइकल यात्री शाह । बाटाभरि शाहसँग फोटो खिचाउन चाहने फ्यानहरु हजारौं भेटिए । साइकल यात्रामा सहभागी झण्डै ८० जना यात्रीसमेत शाहसँग फोटो खिचाउन तँछाडमछाड गर्थे ।

बाटोमा साइकल यात्रीलाई स्वागत गर्नेको ताँती लागेको थियो । सिन्धुलीको झाँगाझोली रातमाटाको बरपिपल चौतारोमा आयोजित स्वागत समारोहमा उनलाई स्थानीयले गाउन आग्रह गरे । न्यानो स्वागत पाएर उत्साहित शाहले उनीहरुको आग्रह नकार्न सकेनन् । उनले त्यहाँ साइकल यात्राको क्रममा आफैंले सिर्जना गरेको एउटा गीत गाए । उनलाई साथ दिएका थिए अर्का चर्चित साइकल यात्री देवेन्द्र बस्न्यातले । उनको गीतको बोल थियो, ‘लट्टर खैरे भाँडा’ । उच्च हिमाली भेगमा पुग्दा कहिल्यै सवारी साधन नदेखेकी एक महिलाले उनको साइकललाई देखेर ‘यो के भाँडो हो’ भनेर सोधेपछि आफूले गीत सिर्जना गरेको उनले जानकारी दिए । 

मध्यपहाडी राजमार्गले प्रमुख बजारको रुपमा स्थापित गर्दै गएको खुर्कोटमा साइकल यात्रीको बास पर्यो । साँझ परेपछि उनले यात्रीलाई जम्मा पारेर गानाबजाना सुरु गरे । यो क्रम मध्यरात घर्किउन्जेल चलिरह्यो ।  

सिन्धुलीगढीमा भएको विजयोत्सव समारोहमा सहभागीपछि उनको ब्यस्तता निकै बढ्यो । उनलाई समारोहमा सहभागीले घेरेर हिँड्नै दिएनन् । उनले ती सबैको आफूसँग फोटो खिचाउने चाहना पूरा गरिदिए ।

फर्कँदा खुर्कोटमा केटाकेटीहरु भेटिए । उनीहरुलाई आफ्नो बाद्ययन्त्रहरु बजाउन दिएर आफू नाचे । आफूले गाएर उनीहरुलाई नचाए । अर्का एक सुस्त श्रबण भएका ब्यक्ती त्यहाँ भेटिए । बोली नआए पनि उनको गाउने रुची अधिक थियो । उनले तिनको गाउने चाहना पूरा गरिदिए । तिनलाई शाहले नचाउन पनि भ्याए ।

साँझ फर्कँदा साइकल बस र ट्रक चढाएर ल्याउनु पथ्र्यो । उनले आफ्नो साइकल आफैं प्याक गरे । उनको फरारी ब्राण्डको साइकल नेपालमा ‘वान पिस’ जस्तै छ । उनी भेट्ने सबै फ्यानलाई आफ्नो साइकल चढेर हेर्न सबैलाई उक्साइरहेका हुन्थे ।

फर्कँदा बसको यात्रामा समेत सबै यात्रुलाई उनले मनारंजन दिए । नाच गान गर्दै फर्केका उनी चिया, खाजा खान रोकिएका ठाउँमा समेत सबैलाई मनोरंजन दिन भ्याइ हाल्थे । 

582ea5386b9b5.jpg 582ea5389633f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको