Like us!
Follow us!
Connect us!
Watch us!
‘तीन दिन भित्र ४ वटा भयानक दुर्घटना पृथ्वी राजमार्गमा’

यात्रुको काल बन्दै पृथ्वी राजमार्ग

आइतबार, १२ कार्तिक २०७४, १८ : २५ मा प्रकाशित

यात्रुको काल बन्दै पृथ्वी राजमार्ग

समाचार सुन्दा नै जिउ सिरिङ्ग हुने । आइतबार नौबिसेमा २ जनाको मृत्यु र मलेखुमा १ जना घाईते , शनिबार गजुरी बाँङ्गेमोडमा ( ३१जना मृत्यु १२ घाईते, आज (आइतबार)  बेनिघाट रोराङको ज्यामिरेमा २ जनाको मृत्यु । तीन दिनमा ३५ जनाको अकालमा मृत्यु ।

अब त हदै भैसक्यो । देश विकास भन्दा पनि पहिले जनताको जिउधनको सुरक्षा हुनुपर्यो । हाईवेमा ड्राईभरहरुलाई मदिरा बेच्ने भट्टी पसलहरुलाई ज्यानमारा कानून लगाउन पर्यो । खतरनाक मोडहरुमा पर्खाल लगाउनु पर्यो । ट्राफिक जनचेतना मुलक साईनबोर्ड र होडिङबोर्डहरुको संख्या बढाउनु पर्यो । कम्तिमा मुग्लिन नौविसे खण्डमा घाईतेहरुलाई छिटो उपचारमा पठाउनको लागि दुईवटा हेलिप्याडको ब्यावस्था गर्नुपर्यो । चालकदलले मदिरा पिएको देखिएमा तुरुन्त फोन गर्न मिल्ने हटलाईन फोनको ब्यावस्था गर्नुपर्यो । 

पत्रकारहरुले पनि हवाई दुर्घटनालाई उच्चस्थान दिने तर रोड दुर्घटनालाई कम स्थान दिने गर्नुभएन । 

हाईवे क्षेत्रका नब जनप्रतीनिधीहरुले बजार एरियामा ५० किमी प्रतिघन्टा र स्कुल एरियामा स्पिड ब्रेकर सहित ३० किमी प्रतिघन्टा भन्दा बढि स्पिडमा गाडी चलाउन नपाउने नियम लागुगर्नु पर्यो । सकिन्छ भने बजार क्षेत्रमा फुटपाथको ब्यवस्था संगै जेब्राक्रसिङको पनि ब्यवस्था हुनुपर्यो ।

हाईस्कुलको पाठ्यसामग्रीमा पनि ट्राफिक जनचेतना मुलक सामग्रीहरुलाई स्थान दिनुपर्ने देखिन्छ ।

भनिन्छ नेपाल मात्र एउटा यस्तो देश हो ! जहाँ रोग लागेर भन्दा पनि दुर्घटनाबाट धेरैको ज्यान जान्छ ।

रमेश कंडेल
मलेखु, रिचोकटार, धादिङ 
हाल: बेल्जियम, युरोप

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको