Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको सेयर किन्नु अघि हेर्नुहोस् एक विश्लेषण

सोमबार, १३ कार्तिक २०७४, ०८ : २५ मा प्रकाशित

सानिमा  बैंकको सेयर  किन्नु अघि हेर्नुहोस् एक विश्लेषण

अर्थ संसार, काठमाडौं– बैङ्कले सार्वजनिक गरेको चालू आव २०७४/७५ को पहिलोे त्रैमासमा रू.३४ करोड ४४ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २६ प्रतिशतले बढी हो ।

सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेकाले नाफा बढेको हो । बैङ्कको यस त्रैमासमा चुक्तापूँजी ५१ प्रतिशतले बढेर रू. ८ अर्ब पुगेको छ । सोही अवधिमा जगेडा कोषको रकम ३८ प्रतिशतले बढेर रू.१ अर्ब ४० करोड र लगानी रू.९ अर्ब ७५ करोड रहेको छ ।

बैङ्कले सम्भावित जोखिम बापतको व्यवस्थामा रू.९ करोड ६२ लाख छुट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव १४ प्रतिशत रहेको छ । साथै बैङ्कको असोज २९ गते सम्पन्न साधारण सभाले १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गरेको छ ।

वर्गिकरण : वाणिज्य बैङ्क  
पछिल्लो व्यापार मूल्यः रू.३४५
५२ हप्ताको उच्च व्यापार मूल्य : रू. ९४५
५२ हप्ताको न्यून व्यापार मूल्य :  रू.३२६
१८० दिनको भारित औसत मूल्य : रू.४१९.७३

कम्पनीका महत्वपूर्ण अनुपात :-


 

व्यवस्थापन समूह :-
अध्यक्ष : विनय कुमार श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत : भुवन कुमार दाहाल
प्रधान कार्यालय : नक्साल, काठमाडौं
वेबसाइट : www.sanimabank.com
शाखा : ४७
स्टक सङ्केत : एसएएनआइएमए (सानिमा)

बैङ्कको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा) :-

बैङ्कका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा ) :-

महत्वपूर्ण अनुपात

लाभांश विवरण :-



आधारभूत विश्लेषण:-
बैङ्कको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :   

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ५ दशमलव १५ प्रतिशतबाट घटेर ४ दशमलव ३१ प्रतिशतमा सिमित भएको छ भने बैङ्कले बैदेशिक मुद्रा बिनिमयबाट रू. ७२ करोड ७३ लाख आम्दानी गर्न सफल भएको छ ।

  • पहिलो त्रैमाससम्ममा बैङ््कले रू. ६४ अर्ब १३ करोड निक्षेप संकलन गरी रू.५७ अर्ब २८ करोड कर्जा प्रवाह गरेको छ ।

  • बैङ्कको खुद ब्याज आम्दानी रू. ५९ करोड ४५ लाख कर्मचारी खर्च रू. १२ करोड २१ लाख, अन्य सञ्चालन खर्च रू. ११ करोड ४ लाख र सञ्चालन नाफा रू. ४९ करोड ८४ लाख रहेको छ ।  

  • बैङ्कको स्थिर सम्पत्ति १० प्रतिशतले वृद्धि भई रू. ७२ करोड २ लाख  र अन्य सम्पत्ति ९७ प्रतिशतले बढेर रू.२ अर्ब २२ करोड ८० लाख पुगेको छ ।

  • बैङ्कले पहिलो त्रैमासमा रू. १३ लाख ६८ हजार खराब कर्जा उठाउन सफल भएको छ ।

  • बैङ्कले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू. १६ दशमलव ७२, मूल्य आम्दानी अनुपात २० दशमलव ७६, तरलता अनुपात २४ दशमलव शून्य ७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१ सय १७ दशमलव ५५ रहेको छ । आइतवारकोे मूल्य नेटवर्थको ३ गुणा छ ।

प्राविधिक विश्लेषण :-
खरीद चाप : बैङ्कको आइतवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप २ गुणा बढी भएको छ । सो अवधिसम्म ११ हजार ३ सय ८८ कित्ता शेयर खरीद र ४ हजार ८ सय ८७  कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।  

आइतवार भएको शेयर कारोबार विवरण :
 

मैनबत्ती विश्लेषण :-

२७ जुलाई २०१७                             २९ अक्टोवर २०१७

स्ट्याण्डर्ड डेभिएशन :-

 २७ जुलाई २०१७                             २९ अक्टोवर २०१७

आरएसआई :-

 २७ जुलाई २०१७                             २९ अक्टोवर २०१७

मुभिङ एभरेज :-

२७ जुलाई २०१७                             २९ अक्टोवर २०१७

  • मैनबत्ती विश्लेषण : बैङ्ककोे ५३ दिनको कारोबारमा अन्तिम दिन कालो मारोबाजु आकृति बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य घट्ने सङ्केत गर्दछ ।

  • आरएसआई : बैङ्कको ५३ दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन (३९ दशमलव ३३ विन्दुमा ) छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएसन : कम्पनीको ५३ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन ६ दशमलव शून्य ५ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

  • मुभिङ एभरेज : बैङ्कको ५३ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य र १४ दिने औसत मूल्यरेखाभन्दा २६ दिने मूल्य रेखा माथि छ । यदि हालको मूल्य रू. ३ सय ४५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महङ्गिएमा रू. ३ सय ६३ मा प्रतिरोध पाउन सक्छ भने मूल्य सस्तिएमा रू.३ सय ३० मा टेवा पाउन सक्छ । अभियानबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको