Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको सेयर किन्नु अघि हेर्नुहोस एक विश्लेषण

बुधबार, १५ कार्तिक २०७४, ०८ : ०५ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको सेयर किन्नु अघि हेर्नुहोस एक विश्लेषण

व्यवस्थापन समूह :-

अध्यक्ष : मिन प्रसाद गुरुङ
प्रमुख कार्यकारी अधिकृत : भरतराज ढकाल
प्रधान कार्यालय : कमलादी, काठमाडौं
वेबसाइट : muktinathbank.com.np
शाखा :  ५४
स्टक सङ्केत : एमएनविविएल

विगत ५ वर्षको बैङ्कको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा) :-


 

बैङ्कका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा ) :-


    महत्वपूर्ण अनुपात :-

लाभांश विवरण :-



    आधारभूत विश्लेषण :-

बैंकको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :   

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ११ दशमलव ८९ प्रतिशतबाट घटेर ८ दशमलव ७८ प्रतिशतमा सिमित भएको छ ।

  • बैंकले पहिलो त्रैमाससम्ममा रू. १९ अर्ब ५४ करोड २६ लाख निक्षेप संकलन गरी रू.१६ अर्ब ८० करोड ७६ लाख कर्जा प्रवाह गरेको छ ।

  • खुद ब्याज आम्दानी रू. २५ करोड ७९ लाख, कर्मचारी खर्च रू. ७ करोड २१ लाख, अन्य सञ्चालन खर्च रू. ३ करोड ६९ लाख र सञ्चालन नाफा रू. १९ करोड ८४ लाख रहेको छ ।

  • बैंकको स्थिर सम्पत्ति २७ प्रतिशतले बढेर रू. ४१ करोड ८ लाख पुगेको छ भने  अन्य सम्पत्ति ४ प्रतिशतले घटेर रू. ३८ करोड ४५ लाखमा  सिमित भएको छ ।

  • सम्भावित जोखिम वापतको रकम रू. २ करोड ५२ लाख ६० हजार छुट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव शून्य ३ प्रतिशत पुगेको छ । पूँजीकोष लागत ८ दशमलव शून्य ७ प्रतिशत र पूँजीकोष पर्याप्तता १६ दशमलव ६७ प्रतिशत रहेको छ ।

  • बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार तरलता अनुपात २८ दशमलव ७५ प्रतिशत, प्रति शेयर आम्दानी (वार्षिक) रू. २५ दशमलव २६, मूल्य आम्दानी अनुपात(वार्षिक) २४ दशमलव ३८, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. १ हजार ९१ दशमलव २३ र प्रति शेयर नेटवर्थ रू. १ सय ४२ दशमलव १३ रहेको छ । मङ्गलवार शेयर मूल्य नेटवर्थको ४  गुणा छ ।

प्राविधिक विश्लेषण :-
खरीद चाप  : बैंकको मङ्गलवार भएको शेयर कारोबारको अन्तिम समय सम्ममा विक्री चापको तुलनामा खरीद चाप १ गुणा बढी भएको छ । सो अवधिसम्म ३ हजार ३ सय ४७ कित्ता शेयर खरीद र ३ हजार १ सय ४५ कित्ता शेयर विक्रि गर्ने माग रहेको थियो ।  

मङ्गलवार भएको शेयर कारोबार विवरण :-


मैनबत्ती चित्र :-

 
१ अगष्ट २०१७                             ३१ अक्टोवर २०१७

स्ट्याण्डर्ड डेभिएशन :-

 
१ अगष्ट २०१७                             ३१ अक्टोवर २०१७

आरएसआई :-

 
१ अगष्ट २०१७                             ३१ अक्टोवर २०१७

मुभिङ एभरेज :-

१ अगष्ट २०१७                             ३१ अक्टोवर २०१७

  • मैनबत्ती विश्लेषण : बैङ्ककोे ५२ दिनको कारोबारमा अन्तिम दिनमा ओपनिङ कालो मारोबोजु आकृती बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य वियरिशमा जाने सङ्केत गर्दछ ।

  • आरएसआई : बैङ्कको ५२ दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन (३७ दशमलव १३ स्केल)मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउछ ।

  • स्ट्याण्डर्ड डेभिएसन : बैङ्कको ५२ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन ४ दशमलव ७५ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।

  • मुभिङ एभरेज : बैंकको ५२ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य  र २६ दिने मूल्य रेखाभन्दा १४ दिने औसत मूल्यरेखा माथि छ । हालको मूल्य रू. ५ सय ९८ देखि बजारको अवस्था परिवर्तन भइ मूल्य महँगिएमा रू. ६ सय ३५ मा प्रतिरोध पाउन सक्छ । अभियानबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको