Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैङ्क र अपोलो हस्पिटलबिच छुट सम्झौता

अर्थ संसार

शुक्रबार, २९ भदौ २०८०, ०१ : ५२ मा प्रकाशित

सिटिजन्स बैङ्क र अपोलो हस्पिटलबिच छुट सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतमा रहेको अपोलो हस्पिटल्स इन्टरप्राइजेज लिमिटेड बीच सम्झौता भएको छ ।

समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  गणेश राज पोखरेल र अपोलो हस्पिटल्स इन्टरप्राईजेजका तर्फबाट भाइस प्रेसिडेन्ट–इन्टरनेसनल बिजनेस डा.कार्तिक अनन्थरामनले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका कार्डवाहक ग्राहकले अस्पतालको सेवा शुल्कमा १० प्रतिशतसम्म छुट पाउनेछन् । ग्राहकले अपोलो हस्पिटल्स इन्टरप्राइजेज लिमिटेडका भारतभरि रहेका ९  हस्पिटल नेटवर्कहरूमा १० प्रतिशतको छुट व्यवस्था लागू गरिएको छ ।

त्यसैगरी, बैंकको यो सम्झौता हस्पिटल सँगको दोस्रो सम्झौता हो । यसअघि पनि बैंकले भारत स्थित मेदान्त द मेडिसिटी अस्पताल सँग बैंकका कार्डवाहक ग्राहक महकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशत सम्म छुट दिने सम्बन्धी समझदार गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको