Like us!
Follow us!
Connect us!
Watch us!

तारेभीरमा बनायो घाँसी नेपालले विद्यालय

आइतबार, ०५ मंसिर २०७३, १४ : ०४ मा प्रकाशित

तारेभीरमा बनायो घाँसी नेपालले विद्यालय

अर्थ संसार 
काठमाडौं–विगत १६ वर्षदेखि शिक्षा क्षेत्रमा काम गर्दै अएको घाँसी नेपालले काठमाडौँको तारेभीर प्राथमिक विद्यायालयको शिलान्याससँगै भौतिक संरचना पुनर्निर्माणको काम सुरु गरेको छ । 

भूकम्पपश्चात विद्यायालयको पुनर्निर्माणमा जुटेको घाँसी नेपालले अहिलेसम्म भुकम्प प्रभावित ११ जिल्लाका ६० वटाभन्दा बढी विद्यालयको भवन निर्माण प्रक्रिया अघि बढाएको जनाएको छ । शिक्षा मानिसको आधारभूत आवश्यकता रहेकाले विद्यालय पुननिर्माणको कामलाई तिव्रताका साथ अघि बढाइएको घाँसी नेपालका अध्यक्ष माधवप्रसाद घिमिरेले बताए । 

भूकम्पले गोकणेश्वर ७ वालुवा गाऊँ तरेभीर प्रावि भत्किएर पठनपाठनमा समेत समस्या भएकाले भौतिक संरचना बनाएर सहयोग गर्न लागिएको उनले जानकारी दिए । नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य हरिबोल भण्डारी, घाँसी नेपालका  अध्यक्ष घिमिरे र महासचिव शोभाकान्त पाण्डेले विद्यालय भवनको संयुक्त रुपमा शिलान्यास गरे । 

यो पनि पढ्नुहोस

सेयर बजारमा पहिरो, घटेका बेला सेयर उठाउने मौका

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको