Like us!
Follow us!
Connect us!
Watch us!

भूकम्प प्रभावित जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट विस्तारको लागि प्राधिकरणको आवेदन माग

आइतबार, ०५ मंसिर २०७३, १५ : ११ मा प्रकाशित

भूकम्प प्रभावित जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट विस्तारको लागि प्राधिकरणको आवेदन माग

अर्थ संसार
काठमाडौं । बैशाख १२ गते गएकोे विनाशकारी भूकम्पबाट बढी क्षति भएका जिल्लाहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारको लागि  नेपाल दूरसञ्चार प्राधिकरणले आवेदन माग गरेको छ । प्राधिकरणले लामो सममदेखि ग्रामीण दुररञ्चार कोषमा जम्मा भएको रकमबाट यी सात जिल्ला गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुली र ओखलटुङ्गामा इन्टरनेटछ सेवा विस्तारको लागि आवेदन माग गरेको हो ।

भूकम्पबाट अति प्रभावित यी जिल्लाका सबै गाविस भवन, माध्यमकि देखि उच्च माध्यमिक स्कुल, अस्पताल र सरकारी कार्यालयका ब्रोडब्याण्ड सेवामार्फत इन्टरनेट पुर्‍याउन आवेदन माग गरेको छ ।

प्राधिकरणले माग गरेको आवेदनमा प्राधिकरणबाट अनुमति लिएको इन्टरनेछ सर्भिस प्रोभाइडरहरु (सेवा प्रदायक कम्पनीहरु) ले यसको लागि आवेदन दिन सक्ने छन् । आवेदन दिने कम्पनीले ८ हजार धरौटी रकम र फारमको फिर्ता नहुने गरी १० हजार रुपैयाँ समेत बुझाउनु पर्ने उनले जानकारी दिए । आवेदन दिने कम्पनीहरुले पसु १९ गते भित्र  प्राधिकरणको कार्यालयमा फारम बुझाउन पर्ने प्राधिकरणले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको