Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ वटा कम्पनीको सेयर सूचिकृत, हेर्नुहोस्, कुनको कति ?

मंगलबार, २१ कार्तिक २०७४, १३ : ५६ मा प्रकाशित

नेप्सेमा ४ वटा कम्पनीको सेयर सूचिकृत, हेर्नुहोस्, कुनको कति ?

अर्थ संसार, काठमाडौं –  नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा ४ वटा कम्पनीको सेयर सूचिकृत भएको छ ।

एभरेष्ट बैंक, सेञ्चुरी कमर्सियल बैंक, हाम्रो विकास बैंक र रिलायबल माइक्रोफाइनान्सको सेयर सूचिकृत भएको हो ।
कसको कति ?

एभरेष्ट बैंक

एभरेष्ट बैंक लिमिटेडको हकप्रद सेयर नेप्सेमा आज सूचीकृत भएको छ । बैंक एक करोड ५० लाख ८८ हजार ८७ कित्ता सेयर सूचिकृत भएको हो

सेञ्चुरी कमर्सियल बैंक

नेप्सेमा आज सेञ्चुरी कमर्सियल बैंक लिमिटेको हकप्रद सेयर सूचीकृत भएको छ । बैंकको एक करोड ७० लाख २४ हजार ३८१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

हाम्रो विकास बैंक

हाम्रो विकास बैंकको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको ८ लाख ८० हजार ७७० दशमलव ७६ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

रिलायबल माइक्रोफाइनान्स

रिलायब माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको २ लाख ८२ हजार ५ सय कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको