Like us!
Follow us!
Connect us!
Watch us!

अब सांसदको सेवा र सुविधा दोब्बर

आइतबार, ०५ मंसिर २०७३, १६ : ०७ मा प्रकाशित

अब सांसदको सेवा र सुविधा दोब्बर

अर्थ संसार 
काठमाडौं । सांसदहरुको सेवा र सुविधा बढेर दोब्वर भएको छ । सरकारले पेश गरेको संघीय सांसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक, सुविधा वृद्धि गर्ने विधेयक पारित भएसँगै सांसदको सेवा सुविधा बढेको हो । अब सांसदको एक दिनको बैठक भत्ता एक हजार पुगेको छ ।

यसअघि प्रतिसांसदले दुई सय रुपैयाँ बैठक भत्ता पाउँदै आएका थिए ।  त्यसैगरी मासिक रुपमा पाउँदै आएको ६ हजार ५ सय घर भाडालाई बढाएर १८ हजार पुर्याइएको छ । त्यस्तै, यातायात खर्च १ हजार पुगेको छ । सरकारले सदनमा ल्याएको विधेयकमा चित्त नबुझाएर प्रमुख दलका प्रमुख सचेतकहरुको बैठकबाट भत्ता दोब्बर बनाउन सुझाएको विषय कानुनमन्त्री अजयशंकर नायकले विधेयकमा स्वीकार गरेका छन् । संसदले आइतबार संशोधनसहित बहुमतले पास गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको