Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी बैंकको सेयर किन्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् , एक विश्लेषण

विहीबार, २३ कार्तिक २०७४, ०७ : ३७ मा प्रकाशित

एनएमबी  बैंकको सेयर किन्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् , एक विश्लेषण

एनएमबी बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (बिहीवार, २३ कात्तिक २०७४)

 

 

 

प्रमुख गतिविधि
पूँजी वृद्धिका लागि १ करोड १४ लाख कित्ता थप शेयर (एफपीओ) निष्कासनका लागि नागरिक लगानी कोषलाई विक्री प्रबन्धक नियुक्त गरी स्वीकृतिका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । एफपीओको विषय अझै टुङ्गो नलागेको अवस्था छ ।

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना गर्दा :

  • बैंकले यो अवधिमा आफ्नो खुद नाफामा २८ प्रतिशतको वृद्धि हासिल गरेको छ । कम्पनीले यो त्रैमाससम्म ४५ करोड १३ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष त्रैमासमा उसले ४१ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

  • पूँजी वृद्धि भएसँगै प्रतिशेयर आम्दानीलाई सन्तुलनमा राख्न कम्पनी सफल भएको देखिन्छ । यो समयमा उसको प्रतिशेयर आम्दानी रू. २७ दशमलव ९४  पुगेको छ । अघिल्लो वर्ष यही समयमा प्रतिशेयर आम्दानी रू. २६ दशमलव ०५ थियो ।

  • जगेडा कोषमा ११ प्रतिशतको वृद्धि भएको छ ।   कोषमा अहिले ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।  

  • निक्षेप र कर्जाको कुरा गर्दा उसले यो त्रैमासमा ७१ अर्ब ९४ करोड निक्षेप उठाई  ६२ अर्ब ८७ करोड रुपैंया कर्जा प्रवाह गरेको छ ।

  • निक्षेप १० प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह १२ प्रतिशत वृद्धि भएको छ ।

  • खुद ब्याज आम्दानी ३ प्रतिशत कम भएर ६१  करोड ७० लाख पुगेको छ । त्यस्तै, सञ्चालन नाफा २६ प्रतिशत वृद्धि भएर ४६ करोड ३० लाख पुगेको  छ । आम्दानीमा प्रोभिजनले गर्दा ९ करोड ७ लाख घट्न पुग्यो भने जोखीम कोषबाट २१ करोड १७ लाख फिर्ता भएको छ ।

  • निष्क्रिय कर्जामा मात्रामा केही कमी ल्याउन कम्पनी सफल भएको छ । यस अवधिमा उसको निष्क्रिय कर्जा १ दशमलव ८३ प्रतिशतबाट घटेर १ दशमलव ६७  प्रतिशतमा आएको छ ।

  • ब्याज दर वृद्धिका कारण पूँजी कोष लागत भने वृद्धि भएको छ । बैंकको पूँजी कोष लागत ३ दशमलव ८१ प्रतिशतबाट वृद्धि भएर ७ दशमलव २३ पुगेको छ भने ब्याज स्प्रेड दर ७ दशमलव १५ प्रतिशत रहेको छ ।

  • चालू आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी २७  दशमलव ९४ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १७ दशमलव ३६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ७२ रुपैयाँ ३८ पैसा, तरलता अनुपात २३ दशमलव ९२ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १३ सय ५४ रुपैयाँ ०६ पैसा रहेको छ ।

निष्कर्ष :
बैंक पूँजी वृद्धिको तुलनामा प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न सफल भएको छ । प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानी घट्दा पनि खुद नाफा वृद्धि भएको छ । गत आवको यसै त्रैमासको भन्दा प्रोभिजन ४८ प्रतिशत कम छ । राइट ब्याक ३२ प्रतिशत वृद्धि भएको छ ।

प्राविधिक विश्लेषण : ४ सय ६० को टेवानजीक एनएमबी बैंक

प्रतिरोध २ : ५३० । प्रतिरोध १ : ५०० । हालको अन्तिम मूल्य : ४६४ । टेवा १ : ४६० । टेवा २ : ४२०

बजारको अवस्था
२ महीनायता एनएमबी बैंकको शेयरमूल्य प्रवृत्तिहीन अवस्थामा रहेको छ । बैंकको शेयरमूल्य ४ सय ६० रुपैयाँदेखि ५ सय रुपैयाँसम्मको मूल्य सीमाभित्र कारोबार हुँदै आएको छ  । केही हप्ताअगाडि यस बैंकको शेयरमूल्य ५ सय रुपैयाँको प्रतिरोध परीक्षण गरी पुनः तल घट्दै आएको छ । आगामी दिनहरूमा ४ सय ६० रुपैयाँमा टेवा पाउँछ कि पाउँदैन हेर्नुपर्ने देखिन्छ  । बुधवार यस कम्पनीको शेयरमूल्य ७ रुपैयाँ अर्थात् १ दशमलव ४९ प्रतिशत घटेर ४ सय ६४ रुपैयाँमा बन्द भएको छ भने यस कम्पनीको ८ हजार ४ सय ९९ कित्ता शेयर कारोबार भएको छ ।  

मुभिङ एभरेज
६ दिने र २१ दिने मुभिङ एभरेजअनुसार एनएमबी बैंकको शेयरमूल्य घट्दो प्रवृत्तिमा छ ।

एडीएक्स
एडीएक्स सूचकअनुसार यस बैंकको शेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको छ ।

एटीआर
एटीआर सूचक प्रवृत्तिहीन अवस्थामा रहेको हुनाले यसबैंकको शेयरमूल्यमा उतारचढाव सामन्य रहेको बुझाउँछ ।

स्टोकास्टिक
स्टोकास्टिक सूचकले एनएमबी बैंकको शेयरमूल्यमा विक्रेताको चाप बढेको बुझाउँछ ।

निष्कर्ष
विभिन्न प्राविधक सूचकहरूले यस कम्पनीको शेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको बुझाएको हुनाले हालको अवस्थामा खरीद गर्दा जोखीम अधिक रहने सङ्केत गर्दछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको