Like us!
Follow us!
Connect us!
Watch us!

किन घट्यो महालक्ष्मी विकास बैंकको नाफा ?

विहीबार, २३ कार्तिक २०७४, १० : ३६ मा प्रकाशित

किन घट्यो महालक्ष्मी विकास बैंकको नाफा ?

अर्थ संसार, काठमाडौं–  महालक्ष्मी विकास बैंकको चालु आर्थिक वर्ष २०७४/ ७५ को पहिलो तीन महिनामा  पाँच करोड ६३ लाख रुपैयाँ नाफा कमाएका छ । 

बैंकले सोही अवधिमा गत वर्ष आर्थिक वर्षमा ६ करोड ६२ लाख रुपैयाँ थियो । बैंकको गत वर्षको भन्दा यो वर्ष १४ प्रतिशत नाफा घटेको छ ।  बैंकको चुक्ता पूँजी दुई अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब ९ करोड रुपैयाँ जम्मा भएको छ।

कस्तो छ त व्याज आम्दानी ?

बैंकको खुद ब्याज आम्दानी १७ करोड २७ लाख रुपैयाँ छ । गत वर्षमा ११ करोड ७६ लाख रुपैयाँ थियो । बैंकले पहिलो तीन महिनामा २५ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपैयाँ ऋण लगानी छ ।

गत वर्षको यहि अवधिमा बैंकले १० करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गरेको थियो ।

बैंकको पूँजी कोष अनुपात एक आर्थिक वर्षमा १३.२९ प्रतिशतबाट बढेर १५.४६ प्रतिशत पुगेको छ। त्यस्तै खराब कर्जा भने ४.२९ प्रतिशतबाट घटेर ३.५५ प्रतिशत छ। बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको