Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैंकको नाफा १० करोडमाथि

विहीबार, २३ कार्तिक २०७४, १२ : १४ मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैंकको नाफा १० करोडमाथि

अर्थ संसार, काठमाडौं– पहिलो त्रैमासमा नाफा कमाउने बैंकको सूचिमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पनि थपिएको छ । यस बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ५७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२ दशलमव ४१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सेञ्चुरी बैंकले सात करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

पाँच अर्ब ४६ करोड छ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा एक अर्ब २२ करोड ३२ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ४५ दशमलव १६ प्रतिशतले वृद्धि गरी ४५ अर्ब १४ करोड ६२ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ४८ दशमलव १४ प्रतिशतले वृद्धि गरी ४० अर्ब ८५ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ५१ दशमलव ८३ प्रतिशतले बढेर ३३ करोड १९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा नौ दशमलव ७५ प्रतिशतले बढेर १३ करोड ५८ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा दुई करोड ५५ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ११ करोड ५६ लाख रुपैयाँ राखेको छ ।

सेञ्चुरी बैंकको प्रतिसेयर आम्दानी सात दशमलव ७५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २९ दशमलव १७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २२ दशमलव ४० रुपैयाँ र तरलता अनुपात २७ दशमलव २१ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा एक दशमलव ३७ प्रतिशतले बढेर एक दशमलव ७० प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पत्ति चार दशमलव ०१ प्रतिशतले बढेर १५ दशमलव ६६ प्रतिशत पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको