Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंको चार स्थानमा महानगरको फूल बिक्री स्थल

अर्थ संसार

आइतबार, २६ कार्तिक २०८०, ०९ : ५८ मा प्रकाशित

काठमाडौंको चार स्थानमा महानगरको फूल बिक्री स्थल

काठमाडौं महानगरले हिजो शनिबारदेखि चार स्थानमा स्वदेश मै उत्पादिन फूल बिक्री स्थल सञ्चालनमा ल्याएको छ । 

महानगरले नेपाल फ्लोरीकल्चयर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्ससँग मिलेर संयुक्त रुपमा काठमाडौको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा गरि चार स्थानमा स्वदेशी उत्पादनको सहुलियतमा फूल बिक्रीका लागि खुला गरेको छौ ।

 नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोक्ने उद्देश्यका साथ महानगरपालिकाले व्यवस्थापन गरेको स्थानमा स्वदेशी फूल बिक्रीका लागि ल्याउन र सो ठाउँबाट फूल माला खरिद गर्न मेयर बालेनले आग्रह गरेको छन् ।

तोकिएका ४ स्थानमा नेपाली फूलहरू मात्रै रहने र नेपाली फूल उत्पादक किसानलाई फूल बिक्रीका लागि अवरोध नगर्ने महानगरले जनाएको छ । बिक्री स्थलमा महानगर, नेपाल फ्लोरीकल्चर एसोसिएसन र चेम्बर अफ कमर्शको संयुक्त टोलीले अनुगमन गर्ने पनि जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको