Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी पछि ब्याजदर घटाउने दोस्रो बैंक बन्यो स्टान्डर्ड चार्टर्ड,ब्याजदर सिंगल डिजिटमा सिमित !

अर्थ संसार

मंगलबार, २८ कार्तिक २०८०, ०७ : ५२ मा प्रकाशित

एनआइसी पछि ब्याजदर घटाउने दोस्रो बैंक बन्यो स्टान्डर्ड चार्टर्ड,ब्याजदर सिंगल डिजिटमा सिमित !

स्टान्डर्ड चार्टर्ड बैंकले मंसिर महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ। कार्तिकको तुलनामा बैंकको मंसिर महिनाको ब्याजदर घटेको छ।   

बैंकले जारी गरेको सूचना अनुसार मंसिर महिना देखि साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत ब्याजदर प्रदान गरिने छ  । तेस्तै साधारण रेमिट्यान्स बचतमा भने ६.०५ प्रतिशत ब्याज प्रदान गरिनेछ । कात्तिक महिनामा बैंकले ४.२५ प्रतिशतदेखि ५.३० प्रतिशत दिदैं आएको थियो भने  रेमिट्यान्स खातामा ६.३० प्रतिशत ब्याजदर रहेको थियो। 

बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम जम्मा ८.९७ प्रतिशत ब्याजदर तय गरेको छ ।  मुद्दति निक्षेप मै संस्थागत निक्षेपकर्ताले भने ५.२५ प्रतिशत ब्याज पाउने छन् । बैंकले रेमिट्यान्स बचत खातामा ९.९७ प्रतिशत ब्याजदर तय गरेको छ। 

बैंकका सूचनाका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम तिकिनेछ। तेस्तै, फिक्स्ड दरमा कर्जा लिँदा भने बैंकले १४.५० प्रतिशत सम्म ब्याजदर तोकेको छ । बैंकको आधार दर ८.४२ प्रतिशत रहेको छ ।

बैंकले कात्तिकसम्म भने व्यक्तिगत मुद्दति खातामा ९.२२ प्रतिशत र संस्थागतमा ५.५० प्रतिशत ब्याज दिंदै आएको थियो । 

हेर्नुहोस सूचना 

 

 

6551a8b842d09.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको