Like us!
Follow us!
Connect us!
Watch us!
धादिङमा एकीकृत घुम्ती शिविर

गाउँमै सरकारी सेवा पाएपछि स्थानीवासी मख्ख

सोमबार, ०६ मंसिर २०७३, १३ : २५ मा प्रकाशित

गाउँमै सरकारी सेवा पाएपछि स्थानीवासी मख्ख

अर्थ संसार 
धादिङ– प्रशासनिक काम गर्न सदरमुकाम धादिङवेशी जाँदै आएका धादिङ मैदी गाविसका स्थानीयवासीहरु गाउँमै एकीकृत घुम्ती शिविर आएपछि मख्ख भएका छन् । 

विशेष गरी बुद्धाहरु एकीकृत घुम्ती शिविरबाट बढी लाभान्भित भएको मैदी–१ उखुवारीका स्थानीयवासी राजन थापाले  बताए ।  जनतालाई घर घरमा सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यलय धादिङले जिल्लाको मैदी १ शमीभन्ज्याङमा एकीकृत घुम्ती शिविरको आयोजना गरेको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।  उनका अनुसार शिविरमा मैदी, ढोला, चैनपुरलगायतका गाविसका स्थानीयहरुको सहभागीता छ । 

शिविरको पहिलो दिन आइतबार २३ जनाको नागरिकता, २६ जनाको फोटोसहितको मतदाता नामावली, ६० जनाको विभिन्न किसिमका स्वास्थ्य परीक्षण, ५० जनाले आयुवेर्दिक उपचार सेवा लिएका छन् । त्यस्तै किसानहरुलाई बीउ वितरण, जेष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई परिचयपत्र वितरण, वैदैशिक रोजगारी सम्बन्धी जानकारी दिइएको थियो  ।

जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला कृषि विकास कार्यलय,  भूसंक्षण कार्यालय, जिल्ला निर्वाचन कार्यालय, आयुवेर्दिक कार्यालय, सिड्स धादिङ लगायतका कार्यालयहरुले त्यहाँ सेवा दिइरहेका छन्।  शिविर भोलीसम्म चल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको