Like us!
Follow us!
Connect us!
Watch us!

भारतले लगायो तीन महिनासम्म प्याज निर्यातमा प्रतिबन्ध

अर्थ संसार

शुक्रबार, २२ मंसिर २०८०, १२ : २२ मा प्रकाशित

भारतले लगायो तीन महिनासम्म प्याज निर्यातमा प्रतिबन्ध

भारतले सन् २०२४ को मार्चको अन्त्यसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ ।

आजैदेखि लागू हुनेगरी भारतको विदेश व्यापार महानिदेशालय र वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । यस अघि भारतले नियन्त्रीत मूल्यमा प्याज निर्यात गरिरहेको हो । अक्टोबर २९ देखि डिसेम्बर ३१ सम्म प्रतिकिलो न्यूनतम ६७ भारतीय रुपैयाँमा प्याज निर्यात गर्ने निर्णय गरेको थियो ।
तर आन्तरिक रुपमै प्याज र गोलभेडाको माग उच्च हुन थालेपछि भारतले पूर्व निर्धारित समय अगावै निर्यात प्रतिबन्ध लगाएको हो । 

यता सरकारले आयातितसँगै स्वदेशी आलु प्याजमा पनि भ्याट लगाएको भन्दै व्यापारीले काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प पारेका छन् । भारतको निर्यात प्रतिबन्धसँगै आलु प्याज व्यापारीको विरोधले बजारमा आलु र प्याजको अभाव भएको छ । अभावबीच कालोबजारी मौलाउँदा आलु प्याजको कृत्रिम मूल्यवृद्धि भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको