Like us!
Follow us!
Connect us!
Watch us!

जापानमा शक्तिशाली भूकम्प, परमाणु संयन्त्र रहेको फुकुसिमामा १ मिटरको सुनामी

मंगलबार, ०७ मंसिर २०७३, १० : ५१ मा प्रकाशित

जापानमा शक्तिशाली भूकम्प, परमाणु संयन्त्र रहेको फुकुसिमामा १ मिटरको सुनामी

एजेन्सी 
काठमाडौं–जापानको उत्तर पूर्वी तटमा आएको शक्तिशाली भूकंपले फुकुशिमा परमाणु संयंत्र रहेको क्षेत्रमा सुनामी आएको छ । त्यस क्षेत्रमा एक मिटर उचाइको पानीको छाल आएको स्थानीय संचारमाध्यमले जनाएका छन् । 

सन् २०११ मा आएको सुनामीले यहाँको परमाणु संयंत्र पूर्ण रुपमा नष्ट भएको थियो । अहिले भने खासै नोक्सान भएको खबर आएको छैन । यद्यपि सरकारले यसबारेमा चेतावनीपूर्ण सूचना जारी गरेको छ । भूकम्पको झट्का ६।९ रेक्टर स्केल मापन गरिएको थियो । भूकम्पको केन्द्र फुकुशिमाभन्दा ७० किलोमिटर पर ११ किलोमिटर जमिनमुनि थियो । 

सन् २०११ मा आएको भूकम्पको सुनामीको लहरले फुकुशिमा परमाणु संयंत्रलाई ठूलो क्षति पारेको थियो । भूकंपपछि जापानको मन्त्रीमण्डलका मुख्य सचिव योशिहिदे सुगाले फुकुशिमा परमाणु संयंत्रको तेस्रो रियाक्टरको कुलिंग सिस्टमले काम गर्न बन्द गरेको छ । यद्यपि अहिलेसम्म ताप बढ्ने सम्भावनाको संकेत देखिएको छैन । अर्को परमाणु संयंत्रमा पनि कुनै अमियमितता देखिएको छैन । 

सरकारले स्थितिबारे जानकारी लिन टाक्सफोर्स गठन गरिएको मुख्य सचिवले जानकारी दिएका छन् । भूकंप यति शक्तिशाली थियो कि राजधानी टोकियोसम्म यसको झट्का महसुस गरिएको थियो । जापान मौसम विज्ञान एजेंसीले भूकंप स्थानीय समयअनुसार मंगलवार विहान ६ बजे आएको जनाएको छ । जापानको कुमामोटो प्रांतमा अप्रिलमा आएको भूकंपमा ५० जनाको मृत्युभएको थियो । सन् २०११ मा फुकुशिमामा भूकंपपछिको विनासमा १८ हजार जनाभन्दा बढीको मृत्यु भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको