बोटलर्स नेपाल तराईले आव ०७९/८० को मुनाफाबाट घोषणा गरेको नगद लाभांश सेयरधनीको खातामा जम्मा गरिदिएको छ ।
सेयरधनीहरुको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा पुस २९ गते देखि नै लाभांश जम्मा गर्न थालिएको हो । बुक क्लोज मितिसम्ममा कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांशबापतको रकम सोही खातामा नै जम्मा गरिने व्यवस्था गरिएको छ ।
हालसम्म पनि अभौतिकीकरण (डिम्याट) नगराएका वा हितग्राही खाता खोलेर पनि कम्पनीको सेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले आफूलाई पायक पर्ने निक्षेप सदस्यकोमा हिग्राही खाता खोली सेयर अभौतिकीकरण गराएर लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले ६० प्रतिशतका दरले नगद लाभांश वितरण गरेको हो । पुस २७ को साधारणसभाबाट कम्पनीले लाभांश प्रस्ताव पारित गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस