Like us!
Follow us!
Connect us!
Watch us!

यसरी बढे अमेरिका जाने नेपाली विद्यार्थी

शनिबार, ०२ मंसिर २०७४, १० : २९ मा प्रकाशित

यसरी बढे अमेरिका जाने नेपाली विद्यार्थी

अर्थ संसार, काठमाडौँ– अमेरिकी विश्‍वविद्यालयहरुमा भर्ना हुनेमा नेपाली विद्यार्थीको संख्या क्रमशः बढेको देखिएको छ ।

 सन् २०१७ को ओपन डोर्स प्रतिवेदनका अनुसार अमेरिकी कलेज तथा विश्‍वविद्यालयहरुमा भर्ना हुने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थीको संख्या सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको छ ।

इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशन र अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्युरोद्वारा वार्षिक रूपमा प्रकाशित हुने सो प्रतिवेदनले संयुक्त राज्य अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीसँग सम्बन्धित प्रवृत्तिको अनुगमन गर्ने गर्छ ।

अमेरिकी उच्च शिक्षा संस्थामा नेपाली विद्यार्थीको भर्ना दर २० प्रतिशतले वृद्धि भई कुल संख्या ११ हजार ६०७ पुगेको छ । स्नातक तथा स्नातकोत्तर तहको अध्ययनका लागि विद्यार्थी अमेरिका पठाउने शीर्ष २५ मुलुकमध्ये नेपाल १२ औँ स्थानमा छ ।

स्नातक तहमा अध्ययनरतमध्ये ४२.२ प्रतिशत नेपाली विद्यार्थी छन् जुन २५ देशमध्येकै सबैभन्दा उच्च वृद्धि हो । अमेरिकामा हाल १० लाख ८० हजार अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत छन् ।

हरेक वर्ष शैक्षिक तथा व्यावसायिक विकासका लागि उपलब्ध अवसरको लाभ लिन हजारौँ नेपाली विद्यार्थी अमेरिका जाने गरेको  नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत माइकल गोन्जालेसले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको