Like us!
Follow us!
Connect us!
Watch us!

हिमस्टारको ‘सबै ह्याप्पी,

मंगलबार, ११ असोज २०७३, १५ : ०८ मा प्रकाशित

हिमस्टारको ‘सबै ह्याप्पी,

अर्थ संसार
काठमाडौं–हिम इलेक्ट्रोनिक्सले हिमस्टार होम अप्लाएन्समा ‘सबै ह्याप्पी सबै लक्की’ योजना सार्वजनिक गरेको छ ।
नेपालीहरुको चाड बडा दशैं तथा तिहारको अवसर पारेर कम्पनीले हिमस्टारका रेफ्रिजेरेटरहरु, एलईडी टिभीहरु तथा चेस्ट फ्रिजरहरुमा ग्यारेण्टी गरिएका उपहारहरु ग्राहकहरुले प्राप्त गर्न सक्ने घोषणा गरेको छ ।

रेफ्रिजेरेटरहरु, एलईडी टिभी तथा चेस्ट फ्रिजरमा ग्यारेण्टी गरिएका उपहारहरु

खरिदकर्ताहरुले हरेक फोर स्टार सिंगल डोर फ्रिजको खरिदमा हिमस्टार आइरन, फाइभ स्टार सिंगल डोर फ्रिजको खरिदमा बजाज आइरन, हिमस्टार चेस्ट फ्रिजरको खरिदमा टिसर्ट प्राप्त गर्नेछन् । त्यसैगरी खरिदकर्ताहरुले ३९ इन्च, ४० इन्च र ५० इन्चको हिमस्टार एलईडी टिभीको खरिदमा हिमस्टार राइसकुकर प्राप्त गर्नेछन् । यस्तै १९ इन्च, २० इन्च, २२ इन्च, २४ इन्च र ३२ इन्चको एलईडि टिभीको खरिदमा विण्ड चीटर निशुल्क प्राप्त गर्नेछन् ।

नेपालको प्रसिद्ध ब्राण्ड हिमस्टारले बजारमा उत्कृष्ट इलेक्ट्रोनिक्स होम अप्लाएन्स प्रदान गर्दै आएको छ । यो दशैं तथा तिहारमा ग्राहकहरुले हिमस्टारका उत्पादनहरु खरिद गरेर उत्कृष्ट अनुभव लिन सक्ने कम्पनीको विश्वास छ ।
सबै लक्की सबै ह्याप्पी योजना तिहारसम्म लागू हुने बताइइको छ ।

९ असोज,०७३

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको