Like us!
Follow us!
Connect us!
Watch us!
शुभारम्भको दिन एघार जनाग्राहकहरुलाई गाडी हस्तान्तरण

टाटा मोटर्सको हेक्जा नेपाली बजारमा, मूल्य कति ?

बुधबार, ०६ मंसिर २०७४, १७ : १० मा प्रकाशित

टाटा मोटर्सको हेक्जा नेपाली बजारमा, मूल्य कति ?

अर्थ संसार, काठमाडौं -टाटा मोटर्सले आफ्नो ज्यादै प्रतिष्ठित जीवन उपयोगी एसयूभी टाटा हेक्जा नेपाली बजारमा भित्राएकोे छ ।

नेपालमा हेक्साको बिक्री शुरुवात गर्दै टाटा मोटर्सका सिईओ गेएन्टर बटचेकले आज पहिलो समूहको एघार जनाग्राहकहरुलाई विशेष समारोहमा गाडीको साँचो प्रदान गर्नु भएको छ ।  नेपाल भरी उपलब्ध गराईने हेक्साको एक्स टी ४ह४ का विभिन्न मोडलहरुको मूल्य ७७.९५ लाख पर्नेछ ।

हेक्साको बिक्री शुभारम्भ समारोहमा बोल्दै टाटा मोटर्सका सिईओ तथा एमडीले भन्नुभयो, “हामीले टाटा मोटर्सको तर्पmबाट जहिले पनि अग्रणी रुपमाआफ्नो ग्राहकहरुलाई विशिष्ट तथागतिशीलप्रोडक्टको अनुभव दिलाईरहेका छौं र हाम्रो त्यो प्रतिबद्घता टाटा हेक्साले मजबुत पारेको छ ।

हामीले नेपालको ग्राहकहरुलाई बढी ढाँचावान, आफ्नो जीवनको सोख अनुसारको गाडी होस भन्ने चाहना छ भन्ने कुरा बुझेका छौं र टाटा हेक्साले त्यही अनुरुपग्राहकको बढ्दो चाहना पूरा गर्ने महत्वपूर्ण पहल गरेको छ । हामी आशावादी छौं नेपाल भित्र नयाँ युग अनुसार गाडी मन पराउने ग्राहकहरु माझ धेरै प्रतिस्पर्धात्मक बजारको बावजुद पनि यसले तरंग ल्याउने छ र यो पूर्ण प्याकेज सहितको गाडी चाँडै लोकप्रिय हुनेछ ।”

यसको विशेषता

टाटा हेक्सा २२०० सि.सि. भेरिकर डिजल ईन्जिन, १५६ पि.एस.÷४०० एनएममा उपलब्ध छ । यसको अतिरिक्त हेक्साको एक्स टी ४ह४ मोडल ६ वटा गतिको लागि म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ ।

हेक्साको थप विशेषतामा यसको सेन्ट्रल कन्सोलमा राम्ररी जडान गरिएको रोटरी नबले यसको सुपर ड्राइभ मोडलाई संचालन गर्नेछ । सुपर ड्राइभ मोडले चालकहरुलाई आनन्दसँग अटो, कम्फर्ट, डाईनामिक र रफ रोड मध्ये जुनसुकै मोडमा परिवर्तन गरेर बाटो र आफ्नो मुड अनुसार गाडी चलाउन सक्ने विशेषता दिएको छ ।

विभिन्न थरिको बाटोमा पनि स्थिर तथा आनन्दमयी यात्राको लागि बिना झन्झट हुने गरी गाडीको ईन्जिन व्यवस्थापन, नयाँ जेनेरेशनको ईलेक्ट्रिक स्ट्याबिलिटी प्रोग्राम र टर्क अन डिमान्ड विशेषताहरु राखिएका छन् । प्रयोगकर्ताको आफ्नो प्राथमिकता अनुसार गाडीको आन्तरिक लाईटिङहरु उपकरणहरुको डिस्प्लेबाट मिलाउन सकिन्छ ।

यो सेग्मेन्टका गाडीहरुमा अग्रणी रुपमा विभिन्न विशेषताहरु सहितआएको टाटा हेक्सामाप्रोजेक्टर हेड ल्याम्प, १९ ईन्चको अलोए ह्विल, लिड टेल ल्याम्प, ६ वटा एअर ब्याग्स, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिलहोल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक हेड ल्याम्प्स र १० वटा स्पिकर सहितको जेबीएल अडियो सिस्टम जडान गरिएको छ ।

टाटा मोर्टस्को बारेमा

टाटा मोर्टस् लिमिटेड ४२ बिलियन अमेरिकी डलरसहितविश्वकै अग्रणी अटोमोबाइलकम्पनीहोजसले कार, यूटीलिटी भेहिकल, बस, ट्रक, डिफेन्स भेहिकल आदिको उत्पादनगर्दै आइरहेको छ ।

भारको बृहत अटोमोबाइलकम्पनी र १०० बिलयिन अमरिकी डलरको टाटा मोटर्स् यु.के., दक्षिण कोरीया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामाअन्य७६ वटा सहायककम्पनीहरु जस्तै यू.के. माजुगर ल्यान्डरोभर र दक्षिण कोरियामा त्ब्त्ब् म्बभधयय का साथ मजबुत ग्लोबल नेटवर्कका साथ सञ्चालित छ ।

कम्पनीको भारतमा फियाटसँग संयुक्तऔद्योगिक भेन्चर– लगानीपनि रहेको छ । हाल९० लाख टाटाका गाडीहरु भारतीय सडकमा गुडिरहेका छन् जसले टाटा मोटर्स्लाई भारतीयबजारमाकमर्सीयल गाडी र प्यासेन्जर गाडीे बिक्रीको प्रमुख हिस्सा दिलाएको छ ।

कम्पनीको नयाँआविष्कारहरु प्रायनयाँप्रविधिमाआधारित छन् जुन् दिगो तथा सबैलाई उपयुक्तहुने खालका हुन्छन् । टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका, मध्यपूर्व, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, दक्षिण अमेरिका, अस्ट्रेलिया, रसियालगायतविश्वकाविभिन्नभागहरुमाबिक्रीवितरण गरिन्छ ।

सिप्रदीको बारेमाः

सिप्रदी ट्रेडिङ्ग प्रा.लि. नेपालमा ब्गतयmयतष्खभ र ब्ििष्भम बिजनेशको मुख्य हिस्सा हो भने नेपालको प्रतिष्ठित ब्रान्डहरुमध्ये एक पनिहो । विगत ३४ वर्षदेखि सिप्रदी वार्षिक ३५० मिलियन अमेरिकी डलर आयका साथ नेपालको अटोमोटिभ, ईनर्जी, लुब्रिकेन्ट, वित्तिय सेवा र इक्यूपमेन्ट बिजनेशमा तीव्र रुपले विस्तारित भइरहेको छ ।

ग्राहकहरुलाई स्तरीय सुविधा प्रदान गरि आफ्नो ब्रान्ड इमेजलाई समेत बढावा दिने मुख्य उद्देश्यका साथ कम्पनीम ाहाल ७५० जना कर्मचारी र ६५० जना सहायक कर्मचारीहरु कार्यरत छन् ।

सन् १९८२ देखि टाटा मोटर्स् लि. को नेपालका लागि आधिकारिक वितरकको रुपमा परिचित यो कम्पनी, क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ण्ड द्वारा प्रमाणित छ । सिप्रदीले टाटा मोर्टस्द्वारा उत्पादित कमर्सियल तथ ाप्यासेन्जर गाडीहरुको नेपालभर विक्रीवितरण र त्यसपछिको सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै सिप्रदी नेपालकै बृहतशाखा संजाल भएको कम्पनीको रुपमा पनि परिचित छ ।

टाटा मोटर्स्बाट उत्पादित कमर्सियल भेहिकलहरुका लागि यसको १८ वटा सेल्स अफिसहरु र २४ वटा सर्भिस सेन्टरहरु र प्यासेन्जर भेहिकलहरुका लागि २० वटा शोरुम र २४ वटा सर्भिस सेन्टरहरु नेपालभर छरिएका छन् । यसको नेपालभर ३०० भन्दा बढी स्पेयर पार्टस् आउटलेटहरु रहेका छन् भने यस कम्पनीले एक्साइड ब्याट्री, म्याकलु ब्रिकेन्ट र मिसिलिन टायरहरुको समेत विक्रीवितरण समेत गर्दछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको