Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा अल्ट्रालाईट दुर्घटना हुँदा चालकको मृत्यु

बुधबार, ०८ मंसिर २०७३, १४ : ५० मा प्रकाशित

पोखरामा अल्ट्रालाईट दुर्घटना हुँदा चालकको मृत्यु

अर्थ संसार 
कास्की–  कास्कीको चापाकोटमा (अल्ट्रालाइट) दुर्घटनामा चालक रसियन नागरिक अलेक्जेन्डर म्याक्सीमभको (Alexandar Maximov) मृत्यु भएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका उनलाई स्थानियबासीको सहयोगमा प्रहरीले उद्धार गरेर उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्‍याएको थियो । अस्पताल ल्याए लगत्तै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

चालक अलेक्जेन्डर १४ वर्षदेखि एभिया क्लबमा आबद्ध थिए । उनी एभिएका वरिष्ठ पाइलट तथा प्रशिक्षकसमेत रहेका क्लबले जनाएको छ ।

एभिया क्लवको 9N-A-LL अल्ट्रालाइट कास्कीको चापाकोट गाविसको बाम्दीस्थित आफ्नै मैदानबाट क्यानेडियन पर्यटक लिएर उड्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा परि अल्ट्रालाइटमा सवार क्यानेडियन नागरिक जेलिन म्यारी सामान्य घाइते भएकी छन् । उनको हातमा सामान्य चोट लागेको छ ।

हृयाण्ड ग्लाइडिङ तानेर उडाउने क्रममा डोरी चुँडिएर अल्ट्रालाइट दुर्घटनामा परेको प्रहरीको भनाई छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको