Like us!
Follow us!
Connect us!
Watch us!

एनबी इन्सुरेन्स आइएमई जनरल इन्सुरेन्समा गाभियो

विहीबार, ०७ मंसिर २०७४, १७ : ४६ मा प्रकाशित

एनबी इन्सुरेन्स आइएमई जनरल इन्सुरेन्समा गाभियो

अर्थ संसार, काठमाडौँ– साबिकको एनबी इन्सुरेन्स कम्पनी लिमिटेड आइएमई जनरल इन्सुरेन्स लिमिटेडमा परिणत भएको छ ।

बीमा समितिको निर्णयानुसार एनबी इन्सुरेन्सको नाम र लोगो परिवर्तनसहित आइएमई जनरल इन्सुरेन्समा रुपान्तरण भएको हो ।

निर्जीवन बीमा क्षेत्रम २० वर्षदेखि सेवारत उक्त कम्पनीलाई आइएमई ग्रुपले नाम र लोगो परिवर्तनसहित सञ्चालनमा ल्याएको हो ।

चुक्ता पुँजी रु ५४ करोडमा थप ८० प्रतिशत हकप्रद शेयरसहित रु ९७ करोड २० लाख पु¥याउने प्रक्रियामा रहेको उक्त कम्पनीले बीमा समितिले तोकेको रु एक अर्बभन्दा बढी चुक्ता पुँजी पुर्याउने गरी पुँजी योजना बीमा समितिमा पेश गरेको छ ।

आइएमई ग्रुपका प्रबन्ध निर्देशक तथा कम्पनीका अध्यक्ष हेमराज ढकालले नोक्सानीमा रहेको उक्त कम्पनीलाई आइएमई ग्रुपले व्यवस्थापन थालेपछि सकारात्मक प्रभाव देखिएको बताउनभुयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको