Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकले ल्यायो भिसा प्लेटिनम क्रेडिट कार्ड

सोमबार, ११ मंसिर २०७४, १७ : ४९ मा प्रकाशित

एनएमबि बैंकले ल्यायो भिसा प्लेटिनम क्रेडिट कार्ड

अर्थ संसार, काठमाडौं- एनएमबि बैंकले आज भिसा प्लेटिनम क्रेडिट कार्डको शुरुवात गरेका छन् । यो शुरुवातसँगै एनएमबि बैंक नेपालमा भिसा प्लेटिनम क्रेडिट कार्डको सेवा प्रदान गर्ने दोस्रो बैंक बनेको छ ।

नयाँ वितरण गरिएको एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्डमा ईएमभि चिप प्रविधि जडान गरिएको छ ।

जुन कार्ड विश्वव्यापी रुपमा स्वीकार्य हुनुका साथै कारोबारको प्रमाणिकता, छिटो उपलब्धता, अत्यन्त सुविधादायक र सुरक्षित कारोबारको माध्यमका लागि एक अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम रहेको छ ।

̎हाम्रो उद्देश्य हाम्र्रा बैंकिंङ्ग सेवाहरुको पहुँच विस्तार गर्नु र धेरैभन्दा धेरै मानिसहरुलाई सर्वोत्कृष्ट वित्तिय समाधानहरु उपलब्ध गराउनु हो ।

यसका अतिरिक्त एनएमबि प्लेटिनम भिसा क्रेडिट कार्डले हाम्रा सेवाग्राहीहरुलाई एक उत्कृष्ट आर्थिक प्रणालीको एक हिस्सा हुनुको फाइदा र वास्तविक लाभको सुविधाको अनुभूति दिलाउनमा मद्दत गर्नेछ बैंकका प्रमुख कार्यकारी अधिकृत  सुनिल के.सी.ले भन्नुभयो । 

अधिृकत केसीले भन्नुभयो ग्राहकहरुले दैनिक कारोबारका लागि डिजिटल भुक्तानी समाधान गर्न सहयोग प्रदान गर्नेछ ।

यो कार्य बैंकले लिएको मुख्य र आम विषयहरुसम्म सेवाग्राही विस्तार गर्ने बैंकको समग्र रणनीतिको एक हिस्सा हो ।̎

यसप्रकारको सुविधाजनक एवं विश्वसनीय भिसा कार्डको शुभारम्भ गरेकोमा एनएमबि बैंकलाई बधाई दिंदै भिसा इण्डिया र दक्षिण एशियाका ग्रुप कन्ट्रि मैनेजर  टि.आर.रामाचन्द्रनले भन्नुभयो विद्युतीय भुक्तानी प्रक्रियामा गरिएको विस्तार र इकमर्स उद्योगको बढ्दो मागसँगै नेपाल नयाँ युगको बैंकिंङ्ग प्रणालीतर्फ द्रुत गतिमा अघि बढिरहेको छ ।

भिसा एनएमबि बैंकसँग मिलेर इलेक्ट्रोनिक भुक्तानी सेवाको विस्तार गर्न र अधिक भन्दा अधिक जनसंख्यासम्म त्यसको पहुँच पुर्याउन कटिबद्ध छ । हामी यो साझेदारी सहकार्यमार्फत् हाम्रा आदरणीय सेवाग्राहीहरुका लागि हाम्रो सेवाको गुणस्तरलाई एक नयाँ उचाईमा लैजान सक्नेछौं भन्नेमा विश्वस्त छौं ।

यो नयाँ कार्डमा समाविष्ट र उपलब्ध अन्य थप विशेषताहरुः
एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्डः

  •    यात्रा दुर्घटना बीमा रु.५,००,०००।

  •     अधिकतम क्रेडिट सुविधा रु.२ लाख ५० हजारदेखि रु.१० लाखसम्म ।

  •     प्रमुख व्यापारिक केन्द्रहरुमा खरीद गर्दा विशेष छुटको व्यवस्था ।

  •     भिसा प्लेटिनम कार्यक्रम अन्तर्गत छुट, कारोबार र सहुलियतमा पहुँच ।

  •     कार्डमा छोटो अवधिको सहज कर्जा सुविधा ।

एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड बैंकले प्रस्ताव गरेको व्यक्तिलाई मात्र उपलब्ध हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको