Like us!
Follow us!
Connect us!
Watch us!

इलाममा बजेको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ:रास्वपा

अर्थ संसार

मंगलबार, १८ बैशाख २०८१, १३ : १७ मा प्रकाशित

इलाममा बजेको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ:रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को मत परिणामले पार्टीका प्रयासहरूमा कमी–कमजोरी रहेको इंगित गरेको बताएको छ।

रास्वपाका महामन्त्री डा.मुकुल ढकालले मंगलबार विज्ञप्ति निकालेर यस्तो बताएका हुन्। महामन्त्री ढकालले भनेका छन्,‘पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौं । निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन् कमीकमजोरी रहेको इंगित गरेको छ । सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ ।’

इलाम–२ को उपनिर्वाचनमा नेकपा (एमाले) का सुहाङ नेम्वाङ निर्वाचित भएका छन्। उनले २७ हजार ७७२ मत ल्याएर निर्वाचित भए। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत ल्याए। तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत ल्याएका छन्।

चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत ल्याए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको