Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत मात्र रहने आईएमएफको नयाँ प्रक्षेपण

अर्थ संसार

मंगलबार, १८ बैशाख २०८१, १५ : ०७ मा प्रकाशित

नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत मात्र रहने आईएमएफको नयाँ प्रक्षेपण

सरकारले बजेटमा चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धि ६ प्रतिशत हुने लक्ष्य राखेको भए पनि अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले सन् २०२४ मा नेपालको अर्थिक वृद्धि ३.१ प्रतिशत मात्र रहने प्रक्षेपण सार्वजनिक गरेको छ ।

आईएमएफले यसअघि सार्वजनिक गरेको भन्दा आर्थिक वृद्धिको लक्ष्य १.९ प्रतिशतले घटाएको हो । गत असोजमा सार्वजनिक इकनोमिक आउटलुकमा सन् २०२४ मा नेपालको अर्थिक वृद्धि ५ प्रतिशत हुने उल्लेख थियो ।

मंगलबार एसिया प्रशान्त क्षेत्रका देशको इकनोमिक आउटलुक सार्वजनिक गर्दै कोषले सन् २०२४ मा नेपालको अर्थिक वृद्धि ३.१ प्रतिशत हुने अनुमान गरेको हो । आईएमएफले सन् २०२५ मा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने अनुमान गरेको छ । जुन गत असोजमा सार्वजनिक गरिएको अनुमान बराबर नै हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको