Like us!
Follow us!
Connect us!
Watch us!

सिईडिबि हाइड्रोको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

मंगलबार, १८ बैशाख २०८१, १५ : १६ मा प्रकाशित

सिईडिबि हाइड्रोको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

सिईडिबि हाइड्रोले घोषणा गरेको ११ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार अब बिहीबार कम्पनीको कारोबार ७२९.७२ रुपैयाँमा खुल्नेछ । आज कम्पनीको अन्तिम कारोबार ८१० रुपैयाँमा भएको थियो । हाइड्रोले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बराबर बोनस शेयर र कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख १९ गते बुकक्लोज तय गरेको छ । तसर्थ आजसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न तथा साधारणसभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको