Like us!
Follow us!
Connect us!
Watch us!

डिजेल-मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

अर्थ संसार

बुधबार, १९ बैशाख २०८१, ०७ : २२ मा प्रकाशित

डिजेल-मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः ०.०२ र २.४५ रुपैयाँले घटेको निगमले जनाएको छ । निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले वृद्धि गरेको छ ।

मूल्य बढेसँगै हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर एक सय ३७ र हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिलिटर अमेरिकी डलर १.०४२ पुगेको छ ।

पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

66319d09b1c6a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको