Like us!
Follow us!
Connect us!
Watch us!

आज अन्तराष्ट्रिय श्रमिक दिवस : बैंक वित्तीय क्षेत्र देखि सेयर बजार बन्द रहने

अर्थ संसार

बुधबार, १९ बैशाख २०८१, ०७ : ३५ मा प्रकाशित

आज अन्तराष्ट्रिय श्रमिक दिवस : बैंक वित्तीय क्षेत्र देखि सेयर बजार बन्द रहने

सरकारले आज सार्बजनिक बिदा दिएको छ । 

मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्बजनिक बिदा दिएको हो ।  

अन्तर्राष्ट्रिय श्रमिक दिवसका यस अवसरमा नेपालमा विभिन्न मजदुर संघ संगठनहरूले बिभिन्न कार्यक्रम गरी मनाउँदै छन । यस दिवसको अवसरमा देशैभरी बिभिन्न अन्तरक्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना हुनेछ । विश्वका साथै नेपालमा पनि विविध कार्यक्रम गरी यो श्रमिक दिवस मनाइँदै आइएको छ ।

सन् १८८६ मा अमेरिकाको सिकागो राज्यमा ८ घण्टा काम, आठ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलन भएको थियो । मजदुरहरूले गरेको सो विश्व प्रख्यात आन्दोलन दबाउनका लागि अमेरिकन प्रहरी बम प्रहार गरिएको घटनाको सम्झनामा विश्वभरी मे १ मा अन्तराष्ट्रिय श्रमिक दिवस मनाइदै आएको छ ।

सोही आन्दोलनका कारण विश्वभरी मजदुरहरूले आठ घण्टा मात्र काम गर्न गरी नयाँ व्यवस्था विश्वभर प्रचलनमा आएको हो ।

आज सार्वजनिक बिदाका कारण बैंक वित्तीय क्षेत्र र सेयर बजार बन्द नै रहने छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको