Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, हकप्रद जारी गर्ने

अर्थ संसार

बुधबार, १९ बैशाख २०८१, ०८ : ०८ मा प्रकाशित

नेपाल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, हकप्रद जारी गर्ने

नेपाल इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आवहान गरेको छ। कम्पनीले हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको हो। 

इन्स्योरेन्स कम्पनी आगामी महिनाको जेठ ४ गते, शुक्रबार सभा बोलाएको हो। सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे सुरु हुने सूचनामा उल्लेख छ। 

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव अगाडी सारेको छ। अर्थात १० कित्ता सेयर हुनेले ४ नयाँ थप कित्ता सेयर पाउने गरि हकप्रद सेयर जारी हुनेछ। 

तेस्तै सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताब रहेको छ। 

यो बाहेक संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्च अनुमोदन गर्ने लगायतका प्रस्ताव पनि रहेको छ। 

कम्पनीले यस विशेष साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले वैशाख २७ गते एक दिनका लागि बुकक्लोज तय गरेको छ । जसअनुसार वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको विशेष साधारण सभामा भाग लिन पाउनेछन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको