Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा भोलीदेखि सानिमा इक्विटी फण्डको निष्कासन

सोमबार, ११ मंसिर २०७४, १९ : २३ मा प्रकाशित

बजारमा भोलीदेखि  सानिमा इक्विटी फण्डको निष्कासन


अर्थ संसार, काठमाडौं–  भोली (मंसिर १२ गते) देखि सानिमा बैंकद्वारा प्रवद्र्धित सानिमा क्यापिटलले ७ वर्षे बन्दमुखी योजनाको सर्वधारणको लागि सेयर निष्काशन गर्ने भएको छ । 

भोली अर्थात मंगलबारदेखि निष्काशन हुने बन्दमुखी योजना शुक्रबार बन्द हुनेछ ।

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा इक्विटी फण्ड नामक प्रति इकाई १० रुपैयाँको दरले १ अर्ब २० करोड रुपैयाको ७ बर्षे बन्दमुखी यस योजना निष्काशन गरेको हो ।

यस योजनामा सहभागी हुन चाहनेले आस्वा मार्फत आवेदन दिन सक्नेछन् । योजनामा न्यूनतम १ हजारदेखि अधिकतम् २ करोड ४० लाख रुपैयाँसम्म लगानी गर्न सकिनेछ ।

5a1c15f94790b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको