Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरले माग्यो विद्यालयसँग छात्रवृत्तिको विवरण, जेठ २ सम्म अद्यावधिक नगरे हदैसम्मको कारवाही हुने

अर्थ संसार

विहीबार, २० बैशाख २०८१, ०९ : १० मा प्रकाशित

काठमाडौं महानगरले माग्यो विद्यालयसँग छात्रवृत्तिको विवरण, जेठ २ सम्म अद्यावधिक नगरे हदैसम्मको कारवाही हुने

काठमाडौं महानगरले कक्षा एक देखि १० सम्म संस्थागत विद्यालयले अनिवार्य प्रदान गर्नुपर्ने छात्रवृत्तिको विवरण माग गरेको छ ।

महानगर यसपटक अनलाइनमार्फत नै उक्त विवरण पेश गर्न मिल्ने गरि प्रबन्ध गर्दै आगामी जेठ २ गतेसम्म उक्त विवरण अद्यावधिक गर्न पनि विद्यालयहरुलाई निर्देशन दिएको छ । मेयर बालेनले फेसबुकमा एक स्टाटस अपलोड गर्दै नियमअनुसार विवरण पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

महानगरले तयार गरेको अनलाइन प्लाटफर्ममा सम्पूर्ण संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८१ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण सम्बन्धित विद्यालयलाई उपलब्ध गराइएको युजर नेम र पासवर्ड बाट लग इन गरि पेस गर्न सकिनेछ । विवरण पेस गर्दा उपलब्ध गराइएको पोर्टमा कक्षागत रुपमा जम्मा विद्यार्थी भर्ना संख्या र १० प्रतिशत ले हुन आउने कक्षागत छात्रवृति संख्या तथा छात्रवृति पाउने सम्पूर्ण विद्यार्थी हरुको विवरण भर्नु पर्नेछ । सबै विवरण प्राप्त भएपछि महानगरले छात्रवृत्तिको सूची सार्वजनिक गर्ने जनाएको छ ।

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था रहेको छ । सोही कानुनको आधारमा गत वर्ष ४६५ बिद्यालय बाट १३००० भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको