Like us!
Follow us!
Connect us!
Watch us!

तपाई पोखरा फाइनान्सको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कम्पनी विश्लेषण

मंगलबार, १२ मंसिर २०७४, ०८ : १६ मा प्रकाशित

तपाई पोखरा फाइनान्सको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कम्पनी विश्लेषण

 

 

 

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षकोे पहिलो  त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • फाइनान्सको चालू आवको पहिलो त्रैमाससम्ममा आफ्नो खुद नाफामा १० प्रतिशतको कमी आएकोे छ । यो अवधिमा कम्पनी १ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । अघिल्लो आर्थिक त्रैमासमा उसले १ करोड ६४ लाख खुद नाफा कमाएको थियो ।

  • पूँजी वृद्धि भएसँगै प्रतिशेयर आम्दानीलाई सन्तुलनमा राख्न कम्पनीलाई कठिन भइरहेको देखिन्छ । यो अवधिमा उसको पूँजी ३४ प्रतिशत वृद्धि भएकोे छ भने प्रति शेयर आम्दानी १३ दशमलव ४२ रुपैयाँबाट घटेर ९ दशमलव ०८ रुपैयाँमा आएको छ ।

  • यस अवधिमा कम्पनीले आफ्नो जगेडा कोषको सञ्चिति दोब्बर पुर्याएको छ । गत त्रैमासमा २१ करोड रुपैयाँ रहेको जगेडा कोष अहिले ४२ करोड ५३ लाख पुगेको छ ।

  • यो त्रैमासमा ३ अर्ब ८० करोड निक्षेप उठाई ३ अर्ब ५३ करोड कर्जा प्रवाह गरेको छ ।

  • निक्षेप २३ प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह पनि २६ प्रतिशत वृद्धि भएको छ ।

  • ऋण तथा निक्षेपमा वृद्धि भएसँगै कर्जासँग पूँजी र निक्षेपको अनुपात अर्थात् ‘क्रेडिट टु क्यापिटल एण्ड डिपोजिट रेशियो’ ७७ दशमलव ३० प्रतिशत कायम छ ।

  • खुद ब्याज आम्दानी ३० प्रतिशत कम भएर २ करोड ७८ लाख पुगेको छ । त्यस्तै, सञ्चालन नाफा १० प्रतिशत कम भएर २ करोड ३४ लाख पुगेको छ । आम्दानीमा १२ लाख १ हजार प्रोभिजनका कारण घट्न पुगेको देखिन्छ भने जोखीम कोषबाट केही पनि फिर्ता भएको छैन ।

  • निष्क्रिय कर्जा २ दशमलव १६ प्रतिशतबाट घटाएर १ दशमलव ३३ प्रतिशत कायम गर्न कम्पनी सफल भएको छ ।

  • फाइनान्सले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ १६१ दशमलव ६५ रुपैयाँ, प्रतिशेयर आम्दानी ९ रुपैयाँ ०८ पैसा, मूल्य आम्दानी अनुपात २५ दशमलव २२ गुणा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. ७९२ रुपैयाँ ५० पैसा र तरलता अनुपात २५ दशमलव ६९ प्रतिशत रहेको छ ।  

निष्कर्ष :
समीक्षा अवधिमा कम्पनीले एफपीओ विक्रीबाट आएको प्रिमियम रकमले गर्दा जगेडा कोषमा उल्लेख्य बढोत्तरी देखिएको छ । यो अवधिमा अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा खुद ब्याज आम्दानी घटेको छ । यस कारण सञ्चालन आम्दानी र खुद मुनाफामा कमी आएको देखिन्छ । अब आउने दिनमा व्यवसाय विस्तार गर्दै आम्दानी वृद्धि गरी प्रतिशेयर आम्दानीलाई सन्तुलनमा राख्न ठूलो चुनौती हुने देखिन्छ ।

प्राविधिक विश्लेषण : पोखरा फाइनान्स घट्दो प्रवृत्तिमा

प्रतिरोध २ : २४१ । प्रतिरोध १ : २२५ । हालको अन्तिम मूल्य : २१३ । टेवा : १९० देखि २०० को क्षेत्र ।

बजारको अवस्था
यस यस कम्पनीको २७ नोभेम्बर, २०१७ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा अन्तिम कारोबार मूल्य २ सय १३ मा रहेको छ । यो अघिल्लो दिनको भन्दा ४ अङ्क अर्थात् १ दशमलव ८४ प्रतिशत कम हो । अन्तिम दिनको परिमाण ९ हजार ५ सय २६ मा रहेको छ । यो अघिल्लो दिनको भन्दा ५ हजार ५ सय कित्ता बढी हो ।

मूल्यको प्रवृत्ति विश्लेषण
१ अगष्ट, २०१७ मा मूल्यले २ सय ६८ को उच्च बिन्दु प्राप्त गर्न सके पनि त्यसपछिका उचाइ घटिरहेको र तल्लो बिन्दु पनि घटिरहेको देखिन्छ । यसले बजार घट्दो प्रवृत्तिमा रहेको सङ्केत गर्दछ ।

अन्य प्राविधिक सङ्केत
एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए) : ३१ दिनको ईएमएभन्दा मूल्य तल रहेकोले बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ । यो ईएमए हाल प्रतिरोधको रूपमा रहेको देखिन्छ ।

रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई ३९ अङ्कमा रहेको छ । यसको प्रवृत्ति हेर्दा बजारमा क्रेताको चाप बढ्न थालेको सङ्केत गरे तापनि पूर्णरूपमा सकारात्मक देखिँदैन ।
 
मैनबत्ती : अन्तिम दिनको मैनबत्तीले डोजी आकृति बनाएकोले मूल्यको प्रवृत्ति परिवर्तन हुन सक्ने सङ्केत गरे पनि अर्को दिनको मैनबत्ती हेर्नुपर्ने हुन्छ ।

निष्कर्ष
केही सूचकहरूले सकारात्मक सङ्केत गर्न थाले पनि अरू सूचकहरूले पनि बजार बढ्न सक्ने सङ्केत गरेमा मात्र जोखीम कम हुने हुनाले अहिले बजार ‘पर्ख र हेर’को अवस्थामा रहेको देखिन्छ । हालको तत्कालीन प्रतिरोध २ सय २५ मा रहेको देखिन्छ भने तत्कालीन टेवा १ सय ९० देखि २ सयमा रहेको देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको