Like us!
Follow us!
Connect us!
Watch us!

युद्धविराम बारे वार्ता गर्न हमासको प्रतिनिधिमण्डल कायरो जाने

अर्थ संसार

शनिबार, २२ बैशाख २०८१, १८ : १६ मा प्रकाशित

युद्धविराम बारे वार्ता गर्न हमासको प्रतिनिधिमण्डल कायरो जाने

हमासले गाजामा युद्धविराम वार्ता पुनः सुरु गर्न आफ्नो प्रतिनिधिमण्डल इजिप्टको कायरो जाने भएको छ ।

इजरायलले ४० दिने युद्धविराम र बन्धकहरूको रिहाइको बदलामा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने प्रस्ताव गरेको छ ।

विदेशी मध्यस्थकर्ताहरू इजरायलको प्रस्तावमा हमासको प्रतिक्रिया पर्खिरहेका छन् । अमेरिकी सञ्चारमाध्यमले इजरायलले हमासलाई प्रस्ताव स्वीकार गर्न एक साताको समय दिएको दाबी गरेको छ ।

इजरायलले यो प्रस्ताव स्वीकार नगरे गाजाको दक्षिणमा रहेको रफाह सहरमा आक्रमण गर्ने जनाएको छ ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले हमासलाई हराउन रफाहमा आक्रमण गर्नु आवश्यक भएको दाबी गरेका छन् । तर, इजरायलले रफाहमा आक्रमण गरे लाखौं प्यालेस्टाइनीको ज्यान खतरामा पर्न सक्ने डर छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको