Like us!
Follow us!
Connect us!
Watch us!

९ प्रतिशत ब्याजदर भएको वैदेशिक रोजगार बचतपत्रमा दिने हैन त आवेदन ?

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, ०९ : २० मा प्रकाशित

९ प्रतिशत ब्याजदर भएको वैदेशिक रोजगार बचतपत्रमा दिने हैन त आवेदन ?

अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ प्रतिशत ब्याजदर प्रदान गर्ने एक अर्ब रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ ।

कार्यालयले यही वैशाख २३ गतेदेखि जेठ २२ गतेसम्मका लागि पाँच वर्षे वैदेशिक रोजगार बचतपत्र-२०८६ का लागि आवेदन माग गरेको हो । उक्त बचतपत्रमा वैदेशिक रोजगारमा संलग्न नेपाली नागरिक वा निजको परिवारको सदस्य तथा गैरआवासीय नेपालीबाट आवेदन माग गरिएको हो । अर्धवार्षिक रुपमा ब्याज भुक्तान हुने यस बचतपत्रमा घटीमा १० हजार रुपैयाँदेखि बढीमा १० हजारले भाग गर्दा निशेष रहने गरि कुल आह्वान रकमसम्मै आवेदन दिन सकिने जनाइएको छ ।

बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने तथा जुनसुकै बेला दोस्रो बजारमार्फत खरिद बिक्री गर्न पनि सकिनेछ । कार्यालयको वेबसाईटमा रहेको पोर्टलमार्फत अनलाइन बाटै आवेदन दिन सकिनेछ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटिरहेको बेला सरकारले ९ प्रतिशत ब्याजदर दिने गरि लगानीको अवसर प्रदान गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको