Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुरमा आगलागी हुँदा पाँच जना घाइते,तीनको अवस्था गम्भीर

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, ११ : ५१ मा प्रकाशित

ललितपुरमा आगलागी हुँदा पाँच जना घाइते,तीनको अवस्था गम्भीर

ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन्। 

ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा गएराति आगलागी पाँच जना घाइते भएको  जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । प्रहरीका अनुुसार मोबिल स्टोर रहेको टहरोमा आगलागी भएको हो । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ।

घाइते हुनेमा सन्जय गिरी उनकी श्रीमती रुपा गिरी, १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन्। घाइते मध्ये तीनको अवस्था गम्भीर छ। 

उनीहरुलाई उपचारका लागि किस्ट अस्पताल पठाइएको छ। ​ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको