Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थान बैंकको सेयर खुल्ला, बन्द कहिले ?

मंगलबार, १२ मंसिर २०७४, १० : ४९ मा प्रकाशित

निर्धन उत्थान  बैंकको सेयर खुल्ला, बन्द कहिले ?

अर्थ संसार, काठमाडौं–  सेयरमा लगानी गर्ने हो ? लगानी गर्ने हो भने निर्धन उत्थान बैंकको हकप्रद सेयर आजदेखि विक्री खुल्ला भएको छ ।

बैंकको शिलबन्दी बोलपत्रद्वारा हकप्रद सेयर  खुल्ला भएको हो ।  हकप्रद निष्काशनको समयमा नबिकेको १ लाख ४५ हजार ५ सय ७२ कित्ता सेयर आजदेखि विक्री खुल्ला गरिएको हो ।

आजदेखि अर्थात मंसिर १२ देखि मंसिर २६ गते सम्मको लागि शिलबन्दी बोलपत्र बिक्री खुल्ला गरिएको बैंकले जनाएको छ ।

बैंकले गत कार्तिक २० देखि मंसिर १० सम्म शिलबन्दी बोलपत्र द्वारा संस्थापक हरुकोलागि बिक्रि खुल्ला गरिएकोमा सो अबधि भित्र सम्पूर्ण सेयरको लागि आबेदन नपरेकोले फेरी बाकी रहेको हकप्रद बिक्री खुल्ला गरेको हो ।  बैंकले प्रतिकित्ता न्युनतम १०० रुपैयाँ देखि बोलकबोल गर्न सक्ने जनाएको छ ।

कहाँ दिने आवेदन

सेयरमा लगानी गर्ने इच्छुक लगानीकर्ताले बिक्री तथा प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड र निर्धन बैंकको शाखबाट आवेदन दिन सक्नुहुनेछ ।

बोलपत्र आवेदकको शिलबन्दी मंसिर २७ गते दिनको ४ बजे बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल खोलिने क्यापिटले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको