Like us!
Follow us!
Connect us!
Watch us!

अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

अर्थ संसार

सोमबार, २४ बैशाख २०८१, १७ : ३१ मा प्रकाशित

अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

सोमबार निर्वाचन आयोगले बैठक बसी जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको हो । आइतबार आयोगमा जसपाका सात सांसदसहितले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपालबाट विभाजित भई जसपाले नयाँ दल दर्ता हुन आवेदन दिएको थियो ।

 आयोगको निर्णयमा, "राजनीतिक दल सम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ तथा प्रचलित सङ्घीय कानुनका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावली ७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी (जसपा) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा रेकर्ड गर्ने" भनी उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको