Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणको निर्देशनपछि सिटिजन लाइफले रद्द गर्याे  लाभांश

अर्थ संसार

मंगलबार, २५ बैशाख २०८१, १० : ०८ मा प्रकाशित

प्राधिकरणको निर्देशनपछि सिटिजन लाइफले रद्द गर्याे  लाभांश

बीमा प्राधिकरणको निर्देशनछि सिटिजन लाइफ इन्स्योरेन्सले घोषणा गरेको लाभांश रद्द गरेको छ । बीमा प्राधिकरणले सोमबार दिउँसो कम्पनीले त्रुटी गरेको निष्कर्ष सहित लाभांश रद्द गर्न निर्देशन दिएको थियो । 

बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले प्राधिकरणको अनुमति नलिइ कम्पनीले एकाएक लाभांश वितरण गर्ने निर्णय गरेका कारण लाभांश रद्द गर्ने निर्णय भएको बताए ।

कम्पनी सञ्चालक समितिको बैठकले प्रिमियममा सेयर निष्काशन गर्दा सञ्चित भएको प्रिमियमबाट बोनस र नगद गरी २८.४  प्रतिशतसम्म लाभांश वितरण गर्ने घोषणा गरेको थियो । बैशाख २३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँको २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने घोषणा थियो । तर, प्रक्रिया नमिलेको तथा नअपनाएको भन्दै प्राधिकरणले सो लाभांश रोकेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणले रोकेसँगै अब सेयरधनीले लाभांश पाउने छैनन् ।  प्राधिकरणको पूर्व स्वीकृति बिना नै अन्तरिम लाभांश प्रस्ताव गरेकोले लाभांश स्थगन गर्न पत्र पठाइएको हो । 

कम्पनीले नेप्से मार्फत लगानीकर्तालाई दिएको जानकारीमा  नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी विशेष साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने उल्लेख थियो। 

 

6639b5ab1f6c3.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको