Like us!
Follow us!
Connect us!
Watch us!

बाराही जंगल लजले गर्यो चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सरसफाई

अर्थ संसार

मंगलबार, २५ बैशाख २०८१, १२ : १५ मा प्रकाशित

बाराही जंगल लजले गर्यो चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सरसफाई

बाराही हस्पिटालिटी अन्तर्गत चितवनमा अवस्थित बाराही जंगल लजले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरेको छ ।
 
सरसफाईका क्रममा प्लास्टिक, सिसाका बोतलसहित करिब ३ ट्याक्टर फोहोर संकलन गरिएको लजले जनाएको छ । लजदेखि ३ किमी तलसम्म गोलाघाटसम्म नदी आसपास क्षेत्रको फोहोर संकलन गरेको लजका फुड एण्ड बेभरेज म्यानेजर तेज थनेतले जानकारी दिए । उनले राष्ट्रिय निकुञ्जको सरसफाइमा सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए ।

लजले हरेक वर्ष यस खालको सरसफाई गर्दै आइरहेको थनेतले बताए । रिसोर्टले वातावरण संरक्षण गर्न र दिगो विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ । वातावरण संरक्षणलाई विशेष जोड दिएकाबापत् लजले ‘टफ्ट टाइगर’ अन्तर्गत इको सर्टिफाइड लजको समेत मान्यता पाएको छ ।

हालै ‘आइएसओ-१४००१’ बाट पनि अन्तर्राष्ट्रिय स्तरको इन्भाइरन्मेन्टल म्यानेजमेन्ट सिस्टम्स् (इएमएस) सहितको लजको रुपमा बाराही जंगल लज सर्टिफाइड समेत भएको छ । १२ हेक्टर भूभागमा विस्तार भएको लज परिसरमै बसेर राप्ती नदीमा जलचर रमाएको मात्र नभई चितवन राष्ट्रिय निकुञ्जमा गैडा, बाघ,भालु, गोहिलगायत जनावर तथा विभिन्न प्रजातिका जरायो र पन्छीहरुको दृश्यावलोकन गर्न सकिने लज सञ्चालकको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको