Like us!
Follow us!
Connect us!
Watch us!

१८१ प्रतिशतले बढ्यो आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ,खुद बीमाशुल्क आर्जन ८६ करोड ७३ लाख माथि

अर्थ संसार

बुधबार, २६ बैशाख २०८१, १३ : १६ मा प्रकाशित

१८१ प्रतिशतले बढ्यो आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ,खुद बीमाशुल्क आर्जन ८६ करोड ७३ लाख माथि

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण बुधबार प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार उक्त अवधिसम्ममा कम्पनीको अधिकांश सूचकमा बृद्धि भएको पाइएको छ ।

खुद नाफा 
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा इन्स्योरेन्सले ४६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८१.०४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद बीमाशुल्क 
समीक्षा अवधिमा कम्पनीले  ८६ करोड ७३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४६ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन बृद्धि भएको छ ।

जगेडा कोष
समीक्षा अवधिमा कम्पनीको सञ्चिती जगेडा कोषमा २७ करोड ९७ लाख रुपैयाँ छ । 

खर्च
समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ४१ करोड ७२ लाख रुपैयाँ खर्च गरेको छ । यस्तो खर्च गत आवको सो अवधिसम्ममा ८१ करोड ९७ लाख रुपैयाँ मात्र थियो ।

प्रतिसेयर आम्दानी
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २०.५८ रुपैयाँ छ भने

प्रतिसेयर नेटवर्थ
समीक्षा अवधिमा प्रतिशेयर नेटवर्थ १८१.९२ रुपैयाँ छ । 

चुक्तापूँजी
समीक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको