Like us!
Follow us!
Connect us!
Watch us!

रु रु हाइड्रोको विद्युत बिक्रीबाट आम्दानी घटे पनि नाफामा वृद्धि, कसरी ?

अर्थ संसार

विहीबार, २७ बैशाख २०८१, ०८ : ३९ मा प्रकाशित

रु रु हाइड्रोको विद्युत बिक्रीबाट आम्दानी घटे पनि नाफामा वृद्धि, कसरी ?

रु रु जलविद्युत परियोजना लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानी घटेपनि वित्तीय खर्च पनि कम हुँदा हाइड्रोको नाफामा सामान्य वृद्धि भएको छ ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफामा वृद्धि भएको छ । यस त्रैमाससम्म हाइड्रोको खुद नाफा ६ करोड ८६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा ६ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।

विद्युत उत्पादनबाट आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट ११ करोड ५९ लाख रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ११ करोड ७२ लाख रहेको थियो । यो त्रैमासमा हाइड्रोले विद्युत उत्पादनबाट २ करोड ४५ लाख रुपैयाँ मात्रै कमाएको छ ।

वित्तीय खर्च

तेस्रो त्रैमासिकमा मात्रै हाइड्रोले वित्तीय खर्च बापत् २२ लाख ५४ हजार रुपैयाँ तिरेको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले कुल ६८ लाख ४९ हजार रुपैयाँ वित्तीय खर्च भुक्तान गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ८९ लाख ९० हजार रुपैयाँ वित्तीय खर्च तिरेको थियो ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ६ करोड ८५ लाख ८५ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

प्रति सेयर नेटवर्थ

१३६.०९ रुपैयाँ

इपिएस

१८.५४ रुपैयाँ

पिई रेसियो

४१.५९ (अन्तिम मूल्य ६२५ रुपैयाँ)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको