Like us!
Follow us!
Connect us!
Watch us!

तारागाउँ रिजेन्सीको आम्दानी एक अर्ब बढी, अन्य सूचक कस्ता ?

अर्थ संसार

विहीबार, २७ बैशाख २०८१, १० : ४५ मा प्रकाशित

तारागाउँ रिजेन्सीको आम्दानी एक अर्ब बढी, अन्य सूचक कस्ता ?

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको आम्दानी एक अर्ब नाघ्दा खुद नाफामा पनि उल्लेख्य वृद्धि भएको छ ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफामा वृद्धि भएको छ । यस त्रैमाससम्म होटलको खुद नाफा ३३ करोड ३२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा २३ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।

कुल आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीले एक अर्ब १३ करोड ९९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ जुन अघिल्लो वर्ष एक अर्ब एक करोड रुपैयाँ रहेको थियो । यो त्रैमासमा मात्रै कम्पनीले कुल ४२ करोड ५७ लाख रुपैयाँ कमाएको छ ।

सञ्चालन मुनाफा

तेस्रो त्रैमाससम्म कम्पनीको सञ्चालन मुनाफा ४८ करोड २० लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ३५ करोड ३० लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब ३६.५४ प्रतिशतले बढेको हो ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ३३ करोड ३२ लाख ८१ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

प्रति सेयर नेटवर्थ : १३७.१९ रुपैयाँ

इपिएस : १६.९९ रुपैयाँ

पिई रेसियो : ४६.७२ (अन्तिम मूल्य ७९३.५ रुपैयाँ)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको