Like us!
Follow us!
Connect us!
Watch us!

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका कार्कीद्वारा दाबी पेश, सनाखतका लागि सांसद बोलाइयो

अर्थ संसार

विहीबार, २७ बैशाख २०८१, १२ : ५७ मा प्रकाशित

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका कार्कीद्वारा दाबी पेश, सनाखतका लागि सांसद बोलाइयो

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । 

पार्टीका प्रदेशसभा संसदीय दलका नेता कार्कीले ५२ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा दाबी प्रस्तुत गरेका हुन् । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा १६८ (५) बमोजिम बहुमत सदस्यहरुको समर्थन रहेको दाबीसहित प्रस्ताव आह्वान भएको थियो । प्रस्ताव पेश भएसँगै प्रदेश प्रमुख परशुराम खापुङ्गले सनाखतका लागि सांसदहरूलाई बोलाएका छन् । कोशीमा बहुमतका लागि ४७ सांसदको साथ भए पुग्छ ।

कोशी प्रदेशसभाले वर्तमान मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिन निर्देशन दिएको थियो । मुख्यमन्त्री कार्की भने दुई मुख्यमन्त्रीको परिकल्पना भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्न आज बिहान काठमाडौं आइपुगेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको