Like us!
Follow us!
Connect us!
Watch us!

६.१६ प्रतिशतले घट्यो नेशनल लघुवित्तको नाफा

अर्थ संसार

शुक्रबार, २८ बैशाख २०८१, १२ : ३३ मा प्रकाशित

६.१६ प्रतिशतले घट्यो नेशनल लघुवित्तको नाफा

नेशलन लघुवित्तले तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनीक गरेको छ  । सार्वजनीक विवरण अनुसार लघुवित्तको नाफामा गिरावट देखिएको छ  ।
खुद नाफा
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेसनल लघुवित्तको खुद नाफा ६.१६ प्रतिशतले घटेर १९ करोड ७ लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २० करोड ३२ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

इम्पेयरमेन्ट चार्ज

इम्पेयरमेन्ट चार्ज बढ्दा यसको खुद नाफा प्रभावित भएको हो । गत वर्ष १ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ६ करोड ६७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । 

खुद ब्याज आम्दानी
तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी भने ३१.०७ प्रतिशतले बढेर ५९ करोड २३ लाख २९ हजार रुपैयाँ पुगेको छ । 

चुक्ता पुँजी
चैत मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी १ अर्ब १६ करोड ५५ लाख २२ हजार रुपैयाँ छ । 

प्रतिसेयर आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३८ पैसाले घटेर २१ रुपैयाँ ८२ पैसामा आएको छ । 

प्रतिसेयर नेटवर्थ

सोही अवधीसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ २९ पैसा छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको