Like us!
Follow us!
Connect us!
Watch us!

किन वजार वियरिस छ ? कारण खोतल्दै विष्लेषक हरिबोल काफ्ले

विहीबार, ०९ मंसिर २०७३, १४ : ०० मा प्रकाशित

किन वजार वियरिस छ ? कारण खोतल्दै विष्लेषक हरिबोल काफ्ले

निरन्तर वजार वियरिस हुनुमा व्रेकिङ् डाउन अफ क्यापेसिटिको अवस्था जस्तो देखिन्छ । अर्थात लगानीकर्तासंग अतिरिक्त लगानीयोग्य सम्पत्ति तरलताको रुपमा नहुँदा जस्तोसुकै प्रतिफल दिने सूचना आउँदा पनि लगानीकर्ता थप लगानीका लागि असक्षम वन्दछन् । हकप्रद, नयाँ निस्कासन, अन्य लगानीका क्षेत्रको अन्वेषण र न्युन तरलताको अवस्थाले व्यक्तिगत लगानीकर्ताको क्षमतामा ह्रास आउँछ ।

वास्केट फण्ड वा मार्केट मेकरहरुको भूमिका यो समयमा प्रभावकारी हुनुपर्ने थियो, तर त्यो व्यवस्था हामीकहाँ छैन । तसर्थ वजारको अनपेक्षित उतारचढावलाई नियन्त्रण गर्ने प्रणालीको अभाव देखिएको हो । 

दीर्घकालीन लगानीको सुरक्षणका लागि तत्काल वास्केट फण्ड, मार्केट मेकर लगायतका चर्चामा आएका विभिन्न उपायहरुको वारेमा छिटो निर्णय सम्वन्धित निकायवाट आउनुपर्ने देखिन्छ । 

सम्प्रेसित सूचना तथा समाचारहरुमा लगानी गरौं, नभागौंजस्ता टिप्पणि आईरहेका छन् । त्योभन्दा वढि वियोण्ड क्यापेसिटिका लागि तथ्यपुर्ण सल्लाह र जानकारी प्रेसित हुनुपर्नेछ । लगानीकर्ताको लगानी परिचालनका लागि उनीहरुको लगानीयोग्य रकमको सक्षमता वृद्धि गर्ने उपाय हो । 

नेपालको सन्दर्भमा मूल्य निर्धारण माग र आपूर्तिको स्वतन्त्र मिलानले असम्भव जस्तो देखिन्छ । शेयरको प्राईसमा समेत कार्टेलिङ हुँदै आएको परिस्थिति छ । यो अण्डर राईटिङ सिण्डिकेटको अवस्था हो । कतिपय स्क्रिप्टमा माग पक्ष अत्यधिक वलियो हुँदा पनि मूल्य कमजोर वनेको र कतिपय अवस्थामा आपुर्ति पक्ष वलियो देखिँदा पनि मूल्य वढाइएको विश्लेषण गर्न सकिन्छ । ठूला र संस्थागत लगानीकर्ता लिडिङ सिण्डिकेटर हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको