नेपाली काङ्ग्रेसले आज बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ ।
आज ११ बजे बोलाइएको संसद बैठकमा अनिवार्य उपस्थित हुन भन्दै सांसदहरुलाई एसएमएस म्यासेज पठाएको हो । बैठकको प्रारम्भिक कार्यसूचीमा गृहमन्त्री रवि लामिछानेले संसदमा जवाफ दिने कार्यतालिका रहेको छ ।
गृहमन्त्रीलाई बोल्न नदिने अडान राखेको काङ्ग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस