Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबारदेखि भृकुटीमण्डपमा चेम्वर एक्स्पो

बुधबार, १३ मंसिर २०७४, १६ : ४१ मा प्रकाशित

बिहिबारदेखि भृकुटीमण्डपमा चेम्वर एक्स्पो

अर्थ संसार, काठमाडौं– विहीबारदेखि राजधानीको भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो २०७४ सुरु हुने भएको छ ।

नेपाल चेम्वर अफ कमर्सले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी एक्स्पो हुने जनाएको हो । एक्स्पोको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने कार्यक्रम छ ।

पत्रकार सम्मेलनमा चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले तेश्रौ संस्करणको रुपमा मेला हुन लागेको जानकारी गराउनुभयो । 

यस पटक प्रस्तुत मेलामा दक्षिण कोरियाले पार्टनर मुललुकको हैसियतमा सहभागिता जनाउने र थाइल्याण्ड फोकस मुलकुको रुपमा सहभागी रहने सम्मेलनमा उहाँंले बताउनुभयो ।

एक्सपोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र वंगलादेश गरी आठ वटा मुलुकहरुको सहभागिता रहने जनाइएको छ ।

मेलामा कुल दुई सय २५ वटा स्टलहरु रहने जनाइएको छ । पत्रकार सम्मेलनमा नेपाल चेम्बर एक्स्पो २०१७ का संयोजक राष्ट्र भूषण चाकुबजीले मेलामा कोरियाको २३ र थाइल्याण्डका १५ वटा स्टलहरु रहने जानकारी गराउनुभयो ।

पाँंच दिनसम्म चल्ने मेलामा करिव तीन लाख भन्दा वढी अवलोकनकर्ताले सहभागिता जनाउने अपेक्षा गरिएको छ । मेला मंसिर १८ गते सोमबारसम्म चल्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको