Like us!
Follow us!
Connect us!
Watch us!
अत्याधुनिक एआई ब्यूटी प्रविधि सहितको शक्तिशाली सेल्फी एक्स्पर्ट

एफफाइभ सिक्स जीबी ‘ब्ल्याक एडिशन’ सार्वजनिक गर्ने ओपोको तयारी

विहीबार, १४ मंसिर २०७४, २० : ३५ मा प्रकाशित

एफफाइभ सिक्स जीबी ‘ब्ल्याक एडिशन’ सार्वजनिक गर्ने ओपोको तयारी

अर्थ संसार, काठमाडौं - भरखरै नेपाली बजारमा एफफाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रुपमा स्थापित गरेको ओपोले आफ्नो नयाँ मोडल ओपो एफफाइभ सिक्स जीबी कालो रंगमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

ओपोले आफ्ना उपभोक्ताहरु विशेष गरी यूवा पुस्तालाई छनोटको थप अवसर उपलब्ध गराउने सोचका साथ नयाँ उत्पादन कालो रंगमा सार्वजनिक गर्न लागेको हो । नेपाली बजारमा ओपोले छोटा समयमा नै फेशनेवल, स्टाइलिश फोन निर्माताका रुपमा विशेष गरी यूवा पुस्ता माझ आफ्नो परिचत स्थापित गरी सकेको छ ।

ओपो एफफाइभ सिक्स जीबी ब्ल्याक एडिशनका बारेमा बाल्दै ओपो नेपालका सीईओ बबी झाओले भने, ‘भरखरै सार्वजनिक हाम्रो नयाँ फ्ल्यागशिप मोडल ओपो एफफाइभका लागि प्राप्त साथ, सहयोग र मायाका लागि हामी आदर्णिय उपभोक्ता तथा समग्र सरोकारवाला प्रति कृतज्ञछौँ ।

प्राप्त प्रतिक्रियाले हामीलाई नेपाली उपभोक्ताका लागि अझ उत्कृष्ट पस्कँदै जाने प्रेरणा मिलेको छ । सार्वजनिकको तयारीमा रहेको नयाँ ओपो एफफाइभ सिक्स जीबी बल्याक एडिशनका लागि पनि त्यस्तै माया, साथ र सहयोग प्राप्त हुनेमा हामी विश्वस्त छौँ ।’

ओपो एफफाइभ सिक्स जीबी फेशनेवल कालो रंगमा उपलब्ध हुनुका साथै यसमा अझ बढी सञ्चय क्षमता, ६ जीबी र्यामर ६४ जीबी रोम सहितको उत्कृष्ट प्रोशेसर जडान गरिएको कम्पनीले जानकारी दिएको छ । पर्याप्त सञ्चय क्षमता भएको ओपो एफफाइभ सिक्स जीबीले पयोगकर्तालाई सहज अनुभूती प्रदान गर्नुका साथै स्टाइलिश तथा फेशनेवल ब्ल्याक कलरले उपभोक्तालाई सँधै फेशनेवल बेष्ट देखाउँछ ।

सेल्फीमा रहेका मानिसकै आधारमा ब्यक्तिगत ब्यूटिफिकेशन सुविधा उपलब्ध गराउने सोचका साथ सार्वजनिकको तयारीमा रहेको नयाँ उत्पादनमा उद्योगकै पहिलो एआई ब्यूटिफिकेशन प्रविधि उपलब्ध गरिएको छ । २ सय भन्दा बढी फेशियल रेकग्निशन स्पट्स सहितको यो प्रविधिले मानव मुहारको ग्लोबल डाटाबेस मार्फत फेशियल फिचर्स, आकार प्रकार, स्किन टोन तथा टाइप, लिंग, उमेर लगायत आधारमा फरक छुट्याएर ब्यूटिफिकेशन सुविधा उपलब्ध गराउँछ ।

फोनमा ६ ईञ्चको पूर्ण एचडी फुल स्क्रिन डिस्प्ले जडान गरिएको छ । साथै यसमा रहेको १८ः९ डिस्प्लेले उपभोक्तालाई जीवन्त रंग सहितका दृष्यको मज्जा प्रदान गर्छ । मिड रेञ्ज्ड स्मार्टफोनमा कम्प्याक्ट बडी र अत्यन्त पातलो फ्रेम सहित स्पष्ट तथा जीवन्त दृष्य सम्प्रेषण उपलब्ध गराउने यो नै नेपालको पहिलो स्मार्टफोन भएको कम्पनीको दावी छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको