Like us!
Follow us!
Connect us!
Watch us!

उद्योगमन्त्री–युनिडो महानिर्देशक भेट

शुक्रबार, १० मंसिर २०७३, १० : ४९ मा प्रकाशित

उद्योगमन्त्री–युनिडो महानिर्देशक भेट

अर्थ संसार
काठमाडौं–उद्योगमन्त्री नविन्द्रराज जोशी र संयुक्त राष्ट्रसंघको उद्योग विकास सङ्गठन   (युनिडो) का महानिर्देशक लि योङ्गबीच अष्ट्रियाको भियनामा  भेटवार्ता भएको छ ।त्यस क्रममा उद्योगमन्त्री जोशीले नयाँ संविधान जारीपछिको अवस्थामा नेपालको विकासका लागि औद्योगिक क्रान्तिको आवश्यकता भएको भन्दै दीगो र वृहत् औद्योगिक विकासका लागि युनिडोको सहयोगको अपेक्षा गरे । सरकार अहिले औद्यागिक वातावरण तयार गर्न आवश्यक पूर्वाधार विकासमा लागि परेको उद्योगमन्त्री जोशीले बताए । 

यसका लागी सरकार औद्योगिक व्यवसाय प्रबद्र्धन ऐन, विशेष आर्थिक क्षेत्र ऐनको संशोधन लगायत आवश्यक अन्य ऐनहरुको संशोधन एवं कानुनी तथा नीतिगत सुधारमा जुटेको उनले बताए । उद्योग मन्त्रालय एवं नेपाल सरकारले औद्योगिक वातावरणको तयारीसँगै लगानी भित्र्याउने, रोजगारीको अवसर सृजना गर्ने, साना तथा घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्ने, रुग्ण एवं बन्द भएका उद्योगहरुको पुनरोत्थान गर्ने लगायत कामलाई प्राथमिकता दिइ लगानीकर्ताहरुको मनोबल बढाउनु सरकारको प्रमुख प्राथमिकता रहेको मन्त्री जोशीको भनाइ थियो ।
 
भेटको क्रममा युनिडोेका महानिर्देशक योङ्गले नेपाल सरकारको औद्योगिक विकासको स्पष्ट कार्यदिशा रहेको हुँदा यसमा आफ्नो संस्थाको सधैँ साथ रहनेमा जोड दिनुभयो । उनका अनुसार युनिडोले नेपाललाई दिदै आएको सहयोगलाई निरन्तरता दिदैँ थप लगानीका लागि नेपालको रणनीति कस्तो रहने भन्नेमा भर पर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको